
४ जेठ, दाङ । दाङको गढवा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका यामनारायण शर्मा पोखरेल‘विश्वास’ र उपाध्यक्षमा नेपाली काँग्रेसकी शारदा चौधरी निर्वाचित भएकी छन्।
माओवादीका पोखरेलले ६९०९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सर्वजीत डिसीले ६१६७ मत ल्याएर पराजित भएका छन्।
एमालेका सहजराम अहिरले ४१३१ मत ल्याएका छन्। गढवामा माओवादी र एकीकृत समाजवादी गठबन्धन थियो। काँग्रेस र एमाले एकल रुपमा प्रतिस्पर्धा गरेका थिए।
उपाध्यक्षमा निर्वाचित काँग्रेसकी चौधरीले ५१८१ मत ल्याएकी छन्। यस्तै काँग्रेसकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता चौधरीले ४८३० मत ल्याएकी छन् भने एकीकृत समाजवादीकी शान्ति चौधरीले ४११२ मत ल्याएर तेस्रो भएकी छन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




