तिलोत्तमा चार हज़ार दुई सय ५७ मतगणना हुँदा एमालेका मेयर उम्मेदवार मोहन चापागाईंले एक हज़ार ६ सय ७२ मत ल्याएका छन् भने कांग्रेसका मेयर उम्मेदवार रामकृष्ण खाँणले १ हज़ार ५०० मत ल्याएका छन्। यसअघि यहाँ एमालेले मेयर पद जितेको थियो।
एमालेले अग्रता लिएको देवदह नगरपालिका पनि हो। सात हज़ार मतगणना हुँदा एमालेका मेयर उम्मेदवार ध्रुवप्रसाद खरेलले २ हजार ६ सय १७ मत ल्याएका छन् भने कांग्रेसका मेयर उम्मेदवार हिराबहादुर खत्रीले २ हजार ५ सय ३८ मत ल्याएका छन्। यसअघि यहाँ कांग्रेसले मेयर जितेको थियो।
गठबन्धनका तर्फबाट कांग्रेस मेयर उम्मेदवारहरूले बुटवल उपमहानगरपालिका र सैनामैनामा अग्रता लिएका छन्।
पछिल्लो मतगणना अनुसार पाण्डेयले दुई हज़ार नौ सय ४८ मत ल्याएका छन् भने एमालेका मेयर उम्मेदवार बावुराम भट्टराईले एकहजार आठ सय ५१ मत ल्याएका छन्। बुटवल उपमहानगरमा यसअघि एमालेले मेयर जितेको थियो।
सैनामैना नगरपालिकामा ५ हज़ार ८ सय ८० मत गनिसक्दा गठबन्धन तर्फबाट कांग्रेसका मेयर उम्मेदवार फडेन्द्र प्रसाद शर्मा ले २ हज़ार पाँच सय ४७ र एमालेका मेयर उम्मेदवार चित्रबहादुर कार्कीले २ हज़ार दुई सय ५६ मत ल्याएका छन्। यहाँ पनि यसअघि एमालेले नै जितेको थियो।