दाङकाे गढवामा गठबन्धनबाट माओवादी केन्द्रका विश्वास शर्माकाे अग्रता

काँग्रेस र माओवादीकाे कडा प्रतिष्पर्धा

गणतन्त्र नेपाल समाचारदाता, दाङ
दाङकाे गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पाेख्रेल (विश्वास) र नेपाली काँग्रेसका सर्वजित डि.सीकाे बीचमा कडा प्रतिष्पर्धा भइरहेकाे छ ।
मतगणनाकाे सुरुवातमा पछि परेका काँग्रेस नेता डिसीले ७ नम्बर वडाकाे मतगणनासम्म आइपुग्दा आफूलाई अग्रतामा पुर्याएका थिए । ८ नम्बर वडा रहेकाे काेइलाबासबाट सुरु गरिएकाे मतगणनामा सुरुवातमा अग्रता लिएका नेकपा एमालेका सहजराम अहिर ७ नम्बर वडाकाे मत गणनामा पुग्दासम्म निकै पछि परेका थिए ।
६ नम्बरकाे मतगणना भर्खरै सुरुवात भएकाे छ ।  ६ नम्बर वडा अर्थात गढवा बजारसम्म आइपुग्दा माओवादी केन्द्रका यम नारायण शर्मा पाेख्रेल विश्वासले अग्रता लिएका छन् ।
८ नं वडा माओवादीले गुमाएकाे छ भने नेकपा एमाले त्यसमा बिजयी भएकाे छ । त्यसैगरी नेपाली काँग्रेसले ७ नं वडामा आफ्नो सीट बचाएकाे छ ।
यस्ताे छ पछिल्लाे मतगणनाकाे परिणाम:
स्थानीय तह निर्वाचन- २०७९
गढवा गाउपालिका वडा नम्बर ६ मा ४०० मत गन्दाकाे परिणाम:
माओवादी
प्रमुख यमनरायण शर्मा पोख्रेल: १२९
उपप्रमुख शान्ति चौधरी: ११५
एमाले
प्रमुख सहजराम अहिर: ६५
उपप्रमुख सीता चौधरी : ६५
काग्रेंस
प्रमुख सर्बजित डि.सी: ११३
उपप्रमुख शारदा चौधरी: ११५
मा प्रकाशित