
दाङकाे गढवा गाउँपालिकामा दिउँसाेकाे २.३० बजेसम्म ५० प्रतिशतकाे हाराहारीमा मत खसेकाे छ ।
दिउँसाे २.३० बजेसम्ममा ५० प्रतिशत मत खसेकाे रिपाेर्ट आफूलाई प्राप्त भएकाे पालिकाका निर्वाचन अधिकृत माेहन सुवेदीले गणतन्त्रनेपालाई जानकारी दिए ।
गढवा गाउँपालिकामा जम्मा २९ हजार ४ सय ८ मतदाता रहेका छन् । जसमध्ये १५ हजार मत खसेकाे बताइएकाे छ ।
मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेकाे पनि अधिकृत सुवेदीले बताएका जनाएका छन् ।
गढवामा बेलुकी ५ बजेसम्ममा करिव ६० देखि ७० प्रतिशत अर्थात २२ हजारसम्म मत खस्ने आँकलन आयाेगले गरेकाे छ ।
मा प्रकाशित
