मतदाता बोकेको जीप दुर्घटना, १३ जनाको मृत्यु

गणतन्त्र नेपाल समाचारदाता

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका १३ को अर्खलाबासमा जीप दुर्घटनामा परेको हो । ग २ च ३०२६ नम्बरको जीप दुर्घटनामा परेको १३ जनाको मृत्यु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले गणतन्त्र नेपाललाई जानकारी दिए।

जीप वालिङ १४ सिख्रेबाट मतदाता लिएर अर्खलाबासिस्थित मतदान केन्द्रमा आउँदै गर्दा दुर्घटना भएको हो ।

मृतक र घाइते सबै एउटै गाउँका हुन् ।

उनले भने, ‘दुखद घटना भयो । १३ जनाको मृत्यु पुष्टि भइसकेको छ। अन्य केही घाइतेलाई पोखरा रेफर गरिएको छ। विस्तृत विवरण आउन बाँकी छ।’

जीप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङजाले ११ जना थप उपचारका लागि पोखरा पठाइएको प्रारम्भिक सूचना आएपनि घटनास्थल पुगेको टोली आएपछि मात्रै पूरा विवरण आउने जनाएको छ ।

जीप बाटोबाट करिब १ सय ५० मिटर तल खसेको थियो । कच्ची बाटोमा क्षमताभन्दा धेरै जना चढेको र बाटोबाट धेरै तल खसेकाले धेरै क्षति भएको हुनसक्ने स्थानीय चक्रपाणी डुम्रेले बताए ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID