सुर्खेतमा ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

गणतन्त्र नेपाल समाचारदाता

३० वैशाख। स्थानीय तहका लागि भइरहेको निर्वाचनमा सुर्खेतमा बिहान ११ बजेसम्म  २५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार जिल्लाभर शान्त र भयरहित वातावरणमा मतदान भइरहेकाे छ ।

बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशतको हाराहारीमा मत खसेको उनको भनाइ छ । ‘रिपोर्ट लिने काम जारी छ, ११ बजेसम्म २५  प्रतिशत मतदान भएको जानकारी आएकाे छ,’ उनले भने  ।

जिल्लामा कुल २९१ मतदान केन्द्र छन् । यसका लागि १०४५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत चालिसेले जानकारी दिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID