उपल्लो डोल्पाबाट म्यादी प्रहरीको शव दुनै ल्याउन समस्या, हेलिकप्टर माग गर्ने निर्णय

गणतन्त्र नेपाल समाचारदाता

२८ वैशाख। उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ ।

ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिल विकको लेक लागेर उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा मंगलबार मृत्यु भएको थियो ।

निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय भएको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि दुनै ल्याउनका लागि लेक चढ्नु पर्ने भएकोले बोकेर ल्याउने अवस्था नभएको उनको भनाइ छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID