नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पाेख्रेलले जनताकाे पक्षमा आवाज उठाउन मिडियाकाे महत्वपूर्ण भूमिका हुने बताएका छन् । देउखुरीकाे गढवामा आज आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष पाेख्रेलले जनताका आवाजहरु उठाउनकाे लागि मिडिया एक सशक्त साधन भएकाे बताएका छन् । सञ्चार क्षेत्रकाे बाक्लाे उपस्थिति गढवा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएकाे पाेख्रेलकाे भनाइ थियाे ।
गणतन्त्र नेपाल डट कम र प्रेस सेन्टर नेपालकाे गढवा गाउँपालिका शाखा कार्यालय उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष पाेख्रेलले गढवाका साना ठूला कुराहरु ओझेलमा पर्दै आएकाे स्मरण गरे । सबैकाे नजर पुग्न नसकेकाे गढवामा यसरी नयाँ मिडिया स्थापना हुनु गढवाबासीकै शानकाे कुरा भएकाे धारणा राख्दै उनले गणतन्त्र नेपाललाई राष्ट्रिय मिडियाकाे रुपमा विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ तथा प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार गाेविन्द आचार्यले गढवाले गणतन्त्र नेपाललाई अपनत्व दिनुपर्ने धारणा राखे । गणतन्त्र नेपालले समग्र गढवा र दाङकाे उन्नयन र उन्नतिमा याेगदान गर्ने बताउँदै उनले मिडिया स्थानीय र राष्ट्रिय नभई मिडिया मिडिया नै हुने जिकिर गरे । सूचना र सञ्चारकाे आजकाे युगमा कुनै पनि मिडियाले उठाएकाे कुरा क्षणभरमै राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रभाव पार्न सफल हुने भन्दै उनकाे भनाइ थियाे ।
अर्का बक्ता पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गाैतमले लगानी व्यक्तिकाे भए पनि मिडिया व्यक्तिकाे नभइ समाजकाे हुने धारणा
राखे । व्यक्तिकाे राजनीतिक आस्था भए पनि मिडियाकाे कुनै राजनीतिक आस्था नहुने र निष्पक्ष रुपमा सबैका आवाज समेटेर लैजान सक्नु नै मिडियाकाे धर्म भएकाे उनकाे भनाइ थियाे ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, देउखुरी सामुदायिक पुस्तकालयकी अध्यक्ष ओभा पाठक, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पाेख्रेल, नेपाली साहित्य संसारका हिमाेड पहाडी, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश सचिब दिवाकर पाेख्रेल, गढवा उद्याेग बाणिज्य संघका निबर्तमान अध्यक्ष रबिलाल आचार्य, बन तथा वातावरण संरक्षण तथा समञ्वय समिति अध्यक्ष उमाकान्त पन्तलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी उपाध्यक्ष लुमाकान्त न्यौपाने सागर, नेकपा एकीकृत समाजवादीका नेता रामप्रसाद गैरे, नेपाली काँग्रेसका नेता पाेषराज शर्मा, जनमोर्चाका नेता कपिलदेव खनाललगायतकाे उपस्थिति रहेकाे थियाे ।
गणतन्त्र नेपाल डटकम एक वर्ष अगाडिदेखि काठमाडौँबाट सञ्चालित हुँदै आएकाे छ ।