नेकपा माओवादी केन्द्र संयुक्त गठबन्धनले गढवा गाउँपालिका–१ गढवामा बृहत चुनावी घरदैलो आयोजना गरेको छ । गठबन्धनको चुनावी अभियान व्यापक बन्दै गएको हो । जस अन्तरगत आइतबार बनघुस्रिमा बृहत चुनावी घरदैलो आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्षमा यमनारायण शर्मा पोख्रेल (बिश्वास), उपाध्यक्षमा शान्ती चौधरी उम्मेदवार बन्नु भएको छ । वडा नम्बर १ मा नभराज शर्मा नेतृत्वको टोली छ । गठबंन्धनको जित सुनिश्चित भएको लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री ईन्द्रजित थारु तथा लुम्बिनी प्रदेश सभा सदस्य नुमाकान्त न्यौपाने (सागर) ले बताउनु भयो । घरदैलो अभियानमा नेकपा माओवादी लुम्बिनी प्रदेशका इन्चार्ज युवा नेतृत्व बिरेन्द्र चौधरी लगायतको बिशेष उपस्थिति थियो ।
मा प्रकाशित