सिनेमा चर्चा:- ‘काैन प्रवीण ताम्बे’ (२०२२):- एक क्रिकेटरकाे प्रेरणादायी कथा

प्रभास

‘लाइफ हो या क्रिकेट, one needs just one good over’

 

के तपाईं सपना देख्नुहुन्छ? के तपाईंलाई सपना देख्नु मनपर्छ? यहाँ सपना भन्नाले म राति सुत्दाखेरि देख्ने सपनाकाे कुरा गरिरहेकाे छुईन। म दिनमा जाग्दाखेरि देख्ने सपनाकाे कुरा गरिरहेकाे छु। अब्दुल कलामले भनेजस्ताे सपनाकाे, त्याे सपना जसले तपाईंलाई निदाउन दिदैन। हाे, म त्याे सपनाकाे कुरा गरिरहेकाे छु। कस्ताे सपना देख्नुहुन्छ तपाईं? के तपाईंलाई आफ्नाे सपना प्याराे छ? कति प्याराे छ? आफ्नाे सपनालाई साकार पार्न तपाईं कुन हदसम्म जान सक्नुहुन्छ? कुन हदसम्म मेहनत र धैर्यता गर्न सक्नुहुन्छ?


जुन हदसम्म गरे पनि तपाईं प्रविण ताम्बेले गरे जति हदसम्म पक्कै गर्न सक्नुहुन्न। हुन पनि रणजी ट्रफी खेल्ने आफ्नाे बाल्यकालदेखिकाे सपना पूरा गर्न १८-२० काे उमेरदेखि लिएर ४० बर्षकाे उमेरसम्म प्रतीक्षा गर्ने प्रविण ताम्बेबाहेक दुनियाँमा अर्काे क्रिकेटर नहाेला। के तपाई आफ्नाे सपना पूरा गर्न प्रविणले जति लामाे समयसम्मसँग धैर्यता गर्न सक्नुहुन्छ? २०-२२ बर्षसम्म लगातार रिजेक्टकाे चाेटलाई सहन्दै आफ्नाे मनाेबललाई गिर्न नदिईकन, उत्तिकै प्यासन र ढृढनिश्चयका साथ लगातार लक्ष्यतर्फ लागिरहन र लक्ष्यलाई हासिल गर्न कडा मेहनत गरिरहन सक्नुहुन्छ? उत्तर पक्कै सकरात्मक नहाेला।


प्रविण ताम्बेले त हदै गरिदिए। आफ्नाे सपनालाई पूरा गर्न उनले सारा हदहरुलाई ताेडिदिए, सारा सीमाहरुलाई पार गरिदिए। उमेर, फिटनेस, युवा खेलाडीहरुकाे चुनाैती, कमजाेर आर्थिक अवस्था, पारिवारिक जिम्मेवारीकाे बाेझ जस्ता बाधाअड्चनहरुका सारा पर्खालहरुलाई नाघिदिए। अनि, अन्ततः आफ्नाे सपनालाई पूरा गरेरै छाेडे। प्रविण ताम्बे साँच्चिकै ज्याद्राे मान्छे हाे।


अब तपाई भन्नुहाेला काे प्रविण ताम्बे? प्रविण ताम्बे राजस्थान राेयल्सकाे लेग स्पिनर र रणजी क्रिकेट प्लेयर हुन् जसकाे नाममा आईपिएलकाे साताैं सिजनमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेकाेदेखि लिएर अन्य थुप्रै रेकर्डहरु छन्। यदि तपाई क्रिकेटमा रुचि राख्नुहुन्छ र नियमित रुपमा आईपिएल क्रिकेट हेर्दै आउनुभएकाे छ भने तपाईलाई उनलाई चिन्न कुनै गाह्राे पर्ने छैन।
प्रविण ताम्बेले बाल्यकालदेखि नै क्रिकेटर बन्ने सपना देखेका थिए। क्रिकेटर बनेर एकदिन रणजी ट्रफी खेल्ने उनकाे सपना थियाे। सानैदेखि माेहल्ला क्रिकेट खेलेर उनी आफ्नाे क्रिकेट कलालाई तिखार्दै आईरहेका थिए।


क्रिकेट या भनाैं रणजी ट्रफीकाे भूत उनीमाथि यसरी चढेकाे थियाे कि जागिर पनि उनी क्रिकेट खेल्न पाईने कम्पनीमा मात्र गर्न चाहन्थे। क्रिकेट खेल्न नपाईने कम्पनीमा जागिर गर्न उनी अनिच्छा देखाउँथे। त्यसकाे साटाे बरु उनी बेराेजगार बस्न तयार हुन्थे। उनकाे माेहल्ला क्रिकेट टिम जिन्दावाद छँदै थियाे।


एकदिन उनले आफ्नाे साथीबाट टाईम शिल्ड टुर्नामेन्टमा भाग लिईरहेकाे ओरिएन्ट सिपिङ कम्पनी (ओसीसी) काे टिमकाे प्रमुख बलर ज्वराे आएर थला परेकाे र टिममा उसकाे ठाउँ खाली रहेकाे कुरा थाहा पाउँछन्। उनकाे साथी साेही कम्पनीमा कार्यरत हुन्छ। उनले कसैगरि साथीलाई मनाएर ओसीसीकाे टिमबाट उक्त दिनकाे म्याचमा भाग लिन्छन् र राम्राे प्रदर्शन गर्छन्। उनकाे प्रदर्शनबाट खुशी भएर ओसीसीका मालिकले उनलाई परमानेन्ट जागिर दिन्छ। त्यहाँ उनकाे काम कम्पनीकाे काम गर्नु सँगसँगै क्रिकेट खेल्नु रहेकाे हुन्छ। उनकाे कम्पनीकाे मालिक जमिल भाई एक प्यासनेट क्रिकेटर हुन्छ। ऊ आफ्नाे कम्पनीकाे एउटा राम्राे क्रिकेट टिम खडा गर्न चाहन्छ र एकपटक टाईम शिल्डकाे उपाधि जित्न चाहन्छ।


यसरी प्रविणले आफुले भनेजस्तै जागिर पाउँछन् जहाँ ‌उनले काम गर्नुकाे साथसाथै क्रिकेट पनि खेल्न पाउँछन् अनि जहाँ क्रिकेटलाई कामभन्दा पनि अलिकति माथि नै राखिएकाे हुन्छ। किनभने जमिल भाइ चाहन्दैन कि कुनै प्रतिभावान् खेलाडीकाे प्रतिभा जागिर गर्नमै खेर जाओस्। यसरी प्रविणले जमिल भाईकाे कम्पनीमा क्रिकेट खेल्ने राम्राे प्लेटफर्म पाउँछन्। जसले उनलाई पैसा पनि दिईरहेकाे हुन्छ र नियमित रुपमा क्रिकेट खेल्ने अवसर पनि।


जमिल भाईकाे प्रतिभावान् खेलाडीलाई अवसर दिने रणनीतिले उसकाे टाईम शिल्ड जित्ने सपना र प्रविणकाे रणजी ट्रफी खेल्ने सपना, दुवै पूरा हुने सम्भावनालाई जन्माउँछ। प्रविणकाे प्रदर्शनकाे बलमा ओसीसीकाे टिम डि डिभिजनबाट ए डिभिजनमा पुग्छ तर प्रविण र उनकाे टिमकाे भरमग्दुर मेहनत र प्रयत्नका बावजूद पनि उनीहरु टाईम शिल्ड जित्न असफल हुन्छन्।

 

 

यसबीच प्रविणकाे बिहे हुन्छ। साँघुराे घरमा उनकाे गृहस्थी जीवन पनि सुरु हुन्छ। प्रविण जागिर, क्रिकेट र परिवारका बीचमा जद्दाेजहद गरिरहन्छन्। यसबीच प्रविणकाे बच्चा पनि हुन्छ। फेरि टाईम शिल्ड आउँछ, ओसीसी टिम केही नयाँ खेलाडीहरु साथमा लिएर फेरि मैदानमा उत्रिन्छ। तर यसपटक पनि टिम उपाधि नजितिकनै टुर्नामेन्टबाट बाहिरिन्छ।


फेरि पनि टुर्नामेन्टमा पराजित भएपछि टिमलाई बलियाे बनाउन जमिल भाईले टिमकाे लागि एकजना काेच विधा पराडकरलाई नियुक्त गर्छ। काेचिङकाे क्रममा पराडकर प्रविणलाई मिडियम पेस बलिङ छाेडेर लेग स्पिन बलिङ गर्न सुझाव दिन्छ। प्रविण लेग स्पिन बलिङ गर्न सक्षम रहेकाे र लेग स्पिन बलिङ गरे प्रविणले बढी विकेट लिने साथै लामाे समयसम्म खेल्न पाउने पराडकरकाे मत हुन्छ।


तर प्रविणलाई उनकाे सुझाव मनपर्दैन। किनभने स्पिन बलिङ आफ्नाे नेचुरल एक्शनकाे विरुद्ध रहेकाे र अचानक मिडियम पेस बलिङ छाेडेर स्पिन बलिङ गर्न थाल्दा अरुले आफूलाई के बलिङ गर्न चाहन्छु भन्नेमा कन्फ्युज रहेकाे भन्ठान्ने, यसले रणजी टिमकाे छनाैटकर्ताहरुमाझ पनि गलत प्रभाव पार्ने र आफ्नाे रणजी छनाैटमा असर पर्ने भन्दै प्रविण आफ्नाे गेम चेन्ज नगर्ने निर्णय गर्छन्। टाईम शिल्डकाे निर्णायक म्याचमा पराडकर प्रविणलाई स्पिन बलिङ गर्न निर्दैशन दिन्छ तर प्रविण उसकाे निर्दैशनलाई अवज्ञा गर्दै मिडियम पेस बलिङ गर्छन्। म्याच लास्ट ओभरमा ओसीसीले हार्छ। यससँगै प्रविण र पराडकरकाे सम्बन्धमा पनि चिसाेपना आउँछ।


उता ओरिएन्ट सिपिङ कम्पनी घाटामा गएकाेले कम्पनीकाे बाेर्ड अफ डाईरेक्टर्सले कम्पनी बन्द गर्ने निर्णय गर्छ। एउटा एक्सिडेन्ट्बाट भर्खर तङ्ग्रिएकाे प्रविणलाई याे घटनाबाट दह्राे झट्का लाग्छ। किनभने, यसबाट प्रविणकाे जागिर त गुम्छ नै, साथै क्रिकेट खेल्ने राम्राे प्लेटफर्म पनि गुम्छ। प्रविण फेरि जिराेमै झर्छन्। उनिमाथि परिवारकाे जिम्मेवारी पनि थपिएकाे हुन्छ। यस्ताेमा, फेरि नयाँ सिराबाट प्रविणकाे सँघर्ष सुरु हुन्छ। उनी फाईल बाेकेर जागिर खाेज्न थाल्छन्। अन्तर्वार्तामा ईमानदार भएर प्रस्तुत हुन्छन्। तर जागिर पाउँदैनन्। याे प्रविणकाे जीवनकै सर्वाधिक लाे फेज हुन्छ किनभने उनीसँग न जागिर हुन्छ, न क्रिकेट। एक्सिडेन्ट्काे कारण उनी ६ महिना क्रिकेटदेखि टाढिएका हुन्छन्। यसले कतै रणजी टिममा छनाैट हुने उनकाे सपनामाथि नकारात्मक असर पाे पार्ने हाे कि भनेर उनलाई चिन्ता लागिरहन्छ।


जागिर खाेज्ने क्रममा प्रविणले एउटा हीरा कम्पनीमा खेलाडी काेटामा भ्याकेन्सी खाली रहेकाे थाहा पाउँछन् र आवेदन दिन पुग्छन्। प्रविणले त्यहाँ काम त पाउँछन् तर तलब अत्यन्त न्यून हुन्छ। तर पनि क्रिकेट खेल्न पाउने आशामा प्रविण न्यून तलबमा पनि त्यहाँ काम गर्न तयार हुन्छन् र काम गर्छन्। उनले बिस्तारै हीरा तराशने काम पनि सिक्दै जान्छन् र छिट्टै नै हीरा तराशने काममा पनि सिपालु बन्छन्।


हीरा कम्पनीमा काम गर्नुकाे साथसाथै प्रविण माेहल्ला क्रिकेट टुर्नामेन्टहरु पनि खेलिरहन्छन् र ती टुर्नामेन्टहरुमार्फत् आफुलाई ट्रेन्ड गरिरहन्छन्। निरन्तर रुपमा माेहल्ला क्रिकेट खेलेर आफ्नाे लयलाई बरकरार राखिरहन्छन्। ती माेहल्ला क्रिकेट टुर्नामेन्टहरुमा जितेका मिक्सर, बाईक, ईस्त्रीजस्ता पुरस्कारहरु बेचेर घर खर्च जुटाउँछन्। उनकाे यस्ताे व्यवहारबाट उनकी पत्नी दिक्क हुन्छिन्। यति दिक्क हुन्छिन् कि प्रविणले घरमा सब्जी ल्याउँदा ‘याे तरकारी खान ल्याएकाे कि बेच्न?’ भन्दै कटाक्ष गर्छिन्।


यसरी एउटै सरलरेखामा चलिरहेकाे प्रविणकाे जीवनमा एउटा बिन्दुमा पुगेपछि माेड आउँछ जब प्रविणले थाहा पाउँछन् कि उनले काम गरिरहेकाे हीरा कम्पनीकाे कुनै क्रिकेट टिम छैन र यस्ताे कुनै क्रिकेट टिम बनाउने उनीहरुकाे याेजना पनि छैन। याे थाहा पाएपछि प्रविणले आफू ठगिएकाे महसुस गर्छन् र त्याे काम छाेडिदिन्छन्।


अनि आउँछ उनकाे जीवनकाे टर्निङ पाेईन्ट जहाँ माेहल्ला क्रिकेट टुर्नामेन्टकाे एउटा म्याचमा बलिङ गर्न लाग्दा अचानक उनकाे खुट्टा सड्किन्छ। उनी बिस्तारै सम्हालिन्छन् र जब उनी बलिङ गर्नका लागि शिर उठाएर अगाडि हेर्छन् तब आफ्नाे अगाडि त्यही ब्याट्सम्यानलाई उभिएकाे पाउँछन् जसले कुनै समय प्रशिक्षणकाे क्रममा उनकाे बलमा शट लगाएर सेलिब्रेट गर्दा काेच पराडकरले उसलाई ‘के याे तेराे बेस्ट शट हाे र सेलिब्रेट गर्छस्? भाेलि रणजी लेभलकाे बलर तेराे सामुन्ने आउँदा के गर्छस्?’ भनेर झपार्दै घुमाउराे पाराले प्रविणलाई उनि रणजी लेभलकाे बलर नभएकाे वचनकाे बाण हानेका थिए जुन वचनकाे बाण प्रविणकाे मुटुलाई चिरेर आरपार भएकाे थियाे। प्रविण उक्त ब्याट्सम्यानलाई स्पिन बलिङ गर्ने निर्णय गर्छन् र साेही ओभरमा उसलाई आउट गर्छन्। बस, यही बिन्दुबाट प्रविणलाई आफु मिडियम पेस बलर नभएर स्पिन बलर भएकाे बाेध हुन्छ र यही क्षणदेखि उनी स्पिन बलिङ गर्ने निर्णय गर्छन्।


म्याच सकिएपछि प्रविण आफ्नाे काेच पराडकरलाई भेट्न जान्छन् र आफु रणजी ट्रफीकाे तयारी गर्न चाहेकाे र त्यसकाे लागि आफुलाई स्पिन बलिङ सिकाउन आग्रह गर्छन्। पराडकरले उनकाे उमेर साेध्छ। प्रविण आफ्नाे उमेर ३४ बर्ष बताउँछन्। पराडकरले उनकाे उमेर बढी भईसकेकाे र उनी रणजीमा छनाैट हुने सम्भावना कम रहेकाे कुरा बताउँछ तर प्रविण ‘कम भए पनि छनाैट हुने सम्भावना त छ’ भन्दै आफु तयारी गर्ने बताउँछन्। रणजीकाे लागि अलग लेभलकाे तयारी गर्नुपर्ने, दिनमा दुई-दुई सेसन ट्रेनिङ गर्नुपर्ने, तर प्रविणकाे परिवार भएकाेले परिवारलाई पाल्न उनले काम गर्नुपर्ने, दिनभरि रणजीकाे लागि ट्रेनिङ गर्नुपर्दा काम गर्ने समय नपाउने, त्यसैले उनकाे लागि रणजीकाे तयारी गर्न असम्भव हुने कुरा औल्याउँदा प्रविण आफू दिनभरि ट्रेनिङ गरेर राति काम गर्ने कुरा बताउँछन् र काेचलाई कन्भिन्स गरेर स्पिन बलिङकाे ट्रेनिङ लिन थाल्छन्।


अब प्रविण दिनमा रणजी ट्रफीकाे लागि ट्रेनिङ गर्न थाल्छन् अनि परिवारलाई पाल्नकाे लागि रातमा एउटा बारमा वेटरकाे काम गर्न थाल्छन्। साथमा माेहल्ला क्रिकेट टुर्नामेन्टहरुमा भाग पनि लिईरहन्छन्। यस चक्करमा उनकाे निद्रा पनि पुग्दैन। बारमा काम गर्ने क्रममा एकदिन खेलपत्रकार रजत सन्यालले उनकाे अपमान गर्छ। रजत सुरुदेखि नै उनकाे निन्दक हुन्छ र उनकाे विरुद्धमा लागिरहेकाे हुन्छ। उसले यसअघि पनि थुप्रैपटक प्रविणकाे अपमान गरेकाे हुन्छ। तर, यसपटक उसले गरेकाे अपमानले प्रविणलाई भित्रैदेखि चाेट पुर्‍याउँछ।


त्यसपछि, एकदिन प्रविण आफ्नाे पूर्व सिपिङ कम्पनी ओसीसीकाे एकजना सहकर्मी एबीलाई भेट्न जान्छन् र उसकाे मदतले एबी कार्यरत कन्स्ट्रक्सन कम्पनीमा सुपरभाईजरकाे काम पाउँछन्। अब प्रविण बारकाे काम छाेडेर त्यही कम्पनीमा सुपरभाईजरकाे काम गर्न थाल्छन्। यसबेलासम्म प्रविण ३६ बर्षकाे भईसक्छन्।
भाग्यवश यस कम्पनीको क्रिकेट टिम पनि हुन्छ र आफ्नाे यस नयाँ कम्पनीकाे क्रिकेट टिमबाट प्रविणले फेरि क्रिकेट खेल्न पाउँछन्। आफ्नाे कम्पनीकाे याे टिमलाई पनि प्रविण ए डिभिजनमा पुर्‍याउँछन् र उपाधि समेत जिताउँछन् तर एकदिन कम्पनीले उनलाई उनी ४० बर्षकाे भएकाेले अब अन्तिम एक म्याच खेलेर टिमकाे काेचकाे जिम्मेवारी सम्हाल्न र युवा खेलाडीहरुलाई खेल सिकाउन निर्दैशन दिन्छन्। प्रविणकाे यसमा विमति हुन्छ तर उनीसँग अर्काे कुनै विकल्प हुदैन। याे बिन्दुमा आएर प्रविण साँच्चै नै अब आफ्नाे रणजी ट्रफी खेल्ने सपनातर्फकाे बाटाे बन्द भएकाे महसुस गर्छन्। सपना टुट्दाकाे पीडा उनकाे मुहारमा प्रष्ट देखिन्छ।


तर कहिलेकाहीँ मानिसकाे जीवनमा साेच्दै नसाेचेकाे घटना घटिदिन्छ। प्रविणकाे जीवनमा पनि त्यस्तै भईदिन्छ। भाग्यले प्रविणलाई फेरि आफ्नाे सपना पूरा गर्न एक माैका दिन्छ। एउटा भनाई छ नि, ‘मेहनती मानिसलाई भगवानले पनि साथ दिन्छ।’ हाे, प्रविणलाई पनि भगवानले साथ दिन्छ र राहुल द्रविड उनकाे जीवनमा भगवान बनेर आईदिन्छन्। एकदिन अफिसमा काम गरिरहन्दा राहुल द्रविडले उनलाई भिडियाे कल गर्छन् र ‘राजस्थान राेयल्स’काे तर्फबाट आईपिएल क्रिकेट खेल्ने अफर दिन्छन्। प्रविण खुशीले उफ्रिएर फुरुङ्ग हुँदै झाेला बाेकेर आईपिएल खेल्न जयपूर आईपुग्छन्। राहुल द्रविडकाे त्याे एक भिडियाे कलले उनकाे जीवनलाई बदलिदिन्छ र उनकाे सपनातर्फकाे बन्द भएकाे बाटाेलाई फेरि खाेलिदिन्छ। सायद भगवान पनि चाहन्थे कि प्रविण आफ्नाे सपनालाई पूरा गरुन्।


आईपिएलमा ‘काेलकाता नाईट राईटर्स’सँगकाे क्रुसल म्याचकाे क्रुसल माेमेन्टमा प्रविणले डेब्यु गर्ने अवसर पाउँछन्। प्रविणले साे अवसरकाे भरपूर उपयाेग गर्छन् र चामत्कारिक बलिङ गर्दै एकै ओभरमा ह्याट्रिक गरेर म्याचकाे पासा पल्टाईदिन्छन्। प्रविण यतिमै राेकिन्दैनन्। आईपिएलमा सर्वाधिक विकेट लिएर पर्पल क्याप जित्छन्। च्याम्पियन्स ट्रफीमा गाेल्डेन विकेट अवार्ड जित्छन्। उनकाे उपलब्धि शानदार हुन्छ तर यहाँसम्मकाे यात्रा बडाे मुश्किल हुन्छ। कहिले उमेर त कहिले केही पूर्वाग्रही मानिसहरु उनकाे यात्रामा बाधक बनिदिन्छन्। तर प्रविणलाई राेक्न सक्दैनन्।


आईपिएलकाे उक्त सिजनकाे उनकाे प्रदर्शनले उनकाे लागि रणजीकाे ढाेका खाेलिदिन्छ अनि उनि महाराष्ट्रकाे रणजी क्रिकेट टिममा छनाैट हुन्छन् र अन्तत: रणजी खेल्ने आफ्नाे सपनालाई पूरा गर्छन्।


सपना सबैले देख्छन्, तर अधिकाँश मानिसहरु आफ्नाे सपनालाई पूरा गर्न असफल हुन्छन् किनभने उनीहरुमा आफ्नाे सपनालाई पूरा गर्न प्रविण ताम्बेकाे जस्ताे जुनून हुदैन। सायद उनीहरुमा आफ्नाे सपना र आफ्नाे क्षमतामाथि पूर्ण विश्वास हुँदैन। एलिनोर रूजवेल्टकाे एउटा प्रसिद्ध भनाई छ, ‘भविष्य उनीहरुकै हाे जाे आफ्नाे सपनाकाे सुन्दरतामा विश्वास गर्छन्।’ अनि, जाे आफ्नाे सपनाकाे सुन्दरतामा विश्वास गर्छ त्याे प्रविण ताम्बे जस्तै हुन्छ।


अब कलाकारहरुकाे कुरा गराैं, श्रेयस तलपदेले प्रविण ताम्बेकाे भूमिका उत्कृष्ट ढंगले निर्वाह गरेका छन्। आफ्नाे फिजिकल अपिरयेन्स, बडि ल्याङ्वेज सबै दृष्टिबाट उनी क्रिकेटर लागेका छन्। याे श्रेयसकाे करिअरकाे ‘वान अफ दि बेस्ट परफर्मेन्स’ हाे। उनलाई प्रविण ताम्बेकाे रुपमा हेरिरहन्दा उनकाे फिल्म ‘ईकबाल’काे याद आउँछ जुन फिल्ममा उनले एक किशाेर क्रिकेटरकाे भूमिका विश्वासनीय ढंगले निर्वाह गरेका थिए। त्यसकाे झण्डै २० बर्षपछि उनलाई फेरि क्रिकेटरकाे भूमिकामा देख्दा उनी उत्तिकै विश्वासनीय लाग्छन्। त्यतिबेलाकाे श्रेयस र अहिलेकाे श्रेयसमा खासै ठूलाे भिन्नता महसुस हुदैन। दुवै फिल्ममा उनी बलर बनेका छन्। यस फिल्ममा काम गर्नुभन्दा ठीक अगाडि श्रेयसले फिल्म ‘पुष्षा’मा अल्लु अर्जुनकाे भूमिकाकाे लागि हिन्दीमा डायलगहरु डब गरेका थिए। ‘पुष्पा’काे हिन्दी भर्सनमा श्रेयस तलपदेले बाेलेकाे एउटा डायलग छ, ‘मैं झुकुँगा नहीं…’। उनकाे याे डायलग प्रविण ताम्बेकाे क्यारेक्टरमाथि एकदमै फिट हुन्छ।


प्रविणकाे काेच विधा पराडकरकाे भूमिकामा आशिष विधार्थी पनि विश्वासनीय लाग्छन्। उनकाे डायलग ‘लाइफ हो या क्रिकेट, one needs just one GOOD over’ मा यस फिल्मकाे सार अन्तर्निहित छ। याे यस फिल्मकाे बेस्ट डायलग हाे।


प्रविणकी पत्नी वैशालीकाे छाेटाे भूमिकामा अंजली पाटिल सही छन्। पत्रकार रजत सन्यालकाे भूमिकामा परमब्रत चटर्जीले पनि राम्राे काम गरेका छन्। उनी यस फिल्मका सुत्रधार पनि हुन्। यधपि, उनकाे पत्रकारकाे याे क्यारेक्टर भने काल्पनिक हाे।


समग्रमा, प्रविण ताम्बेकाे कथा साँच्चिकै सुन्दर, मार्मिक र प्रेरणादायी छ। याे एक यस्ताे कथा हाे जसले जीवनमा हार मानेर बसेका लाखाैं-कराेडाैं मानिसहरुलाई पुन: उठेर सँघर्ष गर्न प्रेरणा दिन्छ। याे फिल्म ती सबैले हेर्नुपर्छ जाे आफ्नाे सपनाकाे सुन्दरता र आफ्नाे क्षमतामा विश्वास गर्छन्। भविष्यमा खेलाडी बन्न आकाँक्षीहरु तथा खेलमा रुचि राख्नेहरुका लागि त याे एक माेस्ट वाच फिल्म त हाे नै, तिनीहरुकाे लागि पनि माेस्ट वाच फिल्म हाे जाे निराशा र अवसादमा डुबेर ३०-३५ बर्षकाे उमेरमै मनबाट बुढाे भईसकेका छन्।

मा प्रकाशित