एमसीसीका कारण बानेश्वरमा तनाव, सडकमा राखियो ब्यारिकेड

गणतन्त्रनेपाल समाचारदाता

१२ फागुन, काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा  छलफल हुन लागेका बेला नयाँ बानेश्वर क्षेत्रमा बढेको तनावका कारण उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

एमसीसीको विरोधमा दैनिक प्रदर्शन भइरहेका वेला सुरक्षा चुनौतिको मूल्यांकन गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ । बानेश्वर क्षेत्रमा प्रहरी सडक खाली गराएर ब्यारिकेड राखेको छ । केहीअघि भएको प्रदर्शनमा आन्दोलनकारीले प्रहरीको ब्यारिकेडसमेत लडाएका थिए ।

अहिले संसद भवन वरिपरी व्यापक प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीलाई पनि ‘स्ट्याण्ड बाई’ राखिएको छ । पानीको फोहोरा हान्ने तीन वटा गाडीलाई पनि बानेश्वरमा राखिएको छ ।

 

मा प्रकाशित