खराब बाेसाे मीठाे मानेपछि

डा. अरुणा उप्रेती

बरिष्ठ चिकित्सक प्रकाशराज रेग्मी भन्छन्, ‘बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको मुख्य कारण खराब बोसो हो, जुन बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलू चिप्स आदिमा पाइन्छ । पहिले उनी मुटुरोग लागेपछि औषधि गर्थे, अहिले पहिल्यै उपचार गर्नुपर्छ भन्छन् ।

खराब बोसो अर्थात् ट्रान्स फ्याट’, बाहिरबाट हेर्दा कालो, फोहोर देखिने वस्तु होइन। खराब बोसो भएको खानेकुराले शरीरलाई बिस्तारै खोको पार्दै लान्छ । आजको भोलि नै यसको असर देखिदैन, धमिराले खाए बिस्तारै देखिन्छ । जनस्वास्थ्यकर्मीहरूलाई सबभन्दा दुःख त तब हुन्छ जब आमा-बाले नै माया गरेर खराब बोसो भएको खानेकुरा छोराछोरीलाई कोच्याउँछन् । पत्रु खानामा धेरै नुन, चिनी, बोसो र रसायनहरू हुने भएकाले स्वास्थ्यलाई हानि गर्छ भन्ने बुझे पनि रक्सीको कुलत यसको कुलत हत्तपत्त छाड्न सकिन्न ।

केही दिनअघि मुटुरोगविज्ञ प्रेमराज वैद्यले खराब बोसो सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले त्यति बेला भनेका थिए – खराब बोसो भएका खानेकुराहरूले मुटुको धमनी स्वस्थ बनाउँछन्, मासपेशी कमजोर पार्छन्, ४० वर्ष नपुग्दै मधुमेह र मुटुको रोग दिन्छन् । खराब बोसो स्वास्थ्यका लागि अति नै हानिकारक पदार्थ हो । खानेकुरालाई लामो समय सुरक्षित राख्न, स्वाद बढाउन यसको प्रयोग गरिन्छ ।

केही महिनाअघि म स्वास्थ्य मन्त्रालय पुग्दा त्यहाँका उच्च पदाधिकारीहरू कोठामा बसेर चाउचाउको सुप सुरुपसुरुप तानिरहेका थिए। मलाई देखेर कसैले कचौरा लुकाउन खोजे, काही उत्तरिका, कस्तो बेला तपाईं आइपुग्नुभयो, यसबारे नलेखिदिनुस् है भन्न थाले। मैले भने, नाम त खुलाउँदिनँ तर तपाईंहरूले चाउचाउ खाएको भने लेख्नैपर्छ। पत्र खानाविरुद्ध लेख्ने र बोल्नेहरूले नै यसो गरेपछि अरूले के सिक्छन् स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा स्वास्थ्यकर खाना छैन र मेरो प्रश्नमा उत्तर आयो छन त छ नि । क्यान्टिनमा रोटी, चिउरा, अण्डा, चना, तरकारी पाइन्छ तर त्यो खाँदाखाँदा वाक्क भइयो अनि यसो स्वादिलो खाऔं भनेर चाउचाउ खाएको। अबदेखि खान्नौं । अर्थात, स्वास्थ्य मन्त्रालयका विज्ञहरूलाई पनि खराब बोसो खाने लत रहेछ। ठूलाबडा कर्मचारी ले ने यस्तो गरेपछि उनीहरूको परिवारका बालबालिकाले देखासिकी गर्छन् नै। यस्तो भएपछि खराब बोसो भएको खाना नखाऔ भनेर जनस्वास्थ्यकर्मीहरूले बोले कर्मचारीले वास्ता गर्छन्, न त तिनका परिवारले नै । नै अगवाले नै बाटो बिराएपछि कसको के नै लाग्छ र ?

नियम नै पालना गर्ने हो भने त स्वास्थ्य मन्त्रालयको क्यान्टिनमा चाउचाउ राख्नै नदिनुपर्ने हो। केही महिनाअघि शिक्षा र स्वास्थ्य मन्त्रालय मिलेर ५ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिदा, खराब बोसो भएको खाना नदिने नीति बनाएका थिए। यस्तो नीति बनाउने पदाधिकारीहरू आफै भने खराब बोसोयुक्त खाना कार्यालयमै मज्जासँग खान्छन् । उनीहरूले अब वालवालिकालाई ‘लौ, तिमीहरूचाहिँ कबाडी खाना नखानु है भनेर कसरी भन्ने ?
विद्यालय वरिपरि पत्रु खाना राेक्ने अनि स्वास्थ्य मन्त्रालयमा धमाधम खराब बोसोयुक्त खाना खाने हो भने अभिभावकलाई बच्चालाई पत्रु खाना नदिनू है” भन्न सकिन्छ ? पहिले पहिले डाक्टरले बिरामीलाई ‘ल, तिम्रो छातीमा खराबी छ, अब चुरोट छोड्न नर है’ भन्दै आफूचाहि मस्त धूवाँ उडाउँथे । अहिले अस्पताल र स्वास्थ्यचौकीमा चुरोट खान बन्देज नै छ । त्यसैले धेरैजसाे डाक्टरले चुरोट छोडिसकेका छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले ती पहिलेका डाक्टर सम्झाइदिए। अब खराब बोसो भएका कवाडी, पत्रु, जंक खानेकुरा स्वास्थ्यचौकी अस्पताल र विद्यालयबाट हटाउनुपर्छ । नत्र कसरी हाम्रा बालबालिका स्वस्थ मुटु र मिर्गौलासहित हुर्केलान् ? सानैदेखि यस्तो कुलत लागेर युवा उमेरमा मधुमेह, मुटुरोग भएपछि देशविकासमा उनीहरूले के योगदान देलान् ?

पछिल्ला दस वर्षमा नेपालमा १ खर्ब २९ अर्ब रुपैयाँको ठोस पत्र खाना आयात भएको सरकारी तथ्यांक छ । ती सबै खाद्य पदार्थ खराब बोसोमै बनाइन्छन् । यसरी लगभग १ खर्ब रुपैयाँको कबाड़ी खानाले भविष्यमा सयौं खर्बको नोक्सानी पुप्याउँछ भन्नेतर्फ सरकारले विचार गर्दैन किनभने सरकारी मान्छे पनि पत्रु खाना नै खान्छन्, स्वाद लिईलिई ।
‘लोकप्रिय’ हुने धुनमा प्रदेश सरकारहरूले मुटु मिर्गौला बिग्रेकालाई सित्तैमा उपचार गर्ने, फोक्सो क्यान्सर आदिका बिरामीलाई २/२ लाख दिनेजस्ता नीति ल्याएको भेटिन्छ । तर यस्तो समस्या सकेसम्म कम होस्, नागरिकले पोषणरहित पत्रु खाना नखाऊन् भनेर कुनै कार्यक्रम भएको छ ? पत्र खानाको विज्ञापन सकेसम्म कम गर्ने, गलत विज्ञापन नगराउने, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले स्वास्थ्यकर खाना खान प्रेरणा दिनेजस्ता नीति नल्याएसम्म मुटु र मिगौलाका बिरामीहरू बढी नै रहनेछन् । अनि सरकारी बजेटबाट कहिलेसम्म बिरामीलाई पैसा दिइरहने यस्तो समस्या न्यूनीकरणका लागि सरकारले कुनै कदम चलाउन सक्दैन ? पोलियो भिटामिन ए का बारे सरकारले आमसञ्चारको व्यापक प्रयोग गरी प्रचारप्रसार गर्छ। जनस्वास्थ्यलाई ध्यानमा राखेर खराब बोसो भएको, खाना नखाने भनेर पनि प्रचार गर्न त सकिएला !

अफसोस, विद्यालयका शिक्षकले नै केटाकेटीका अघि लौ त, साहजी चाउचाउ छिटो बनाऊ, समोसा दुनोट देऊ’ भन्छन् । यस्ता खानामा खराब बोसो हुन्छ भन्ने त शिक्षकलाई थाहा छ । तर, समोसा- दुनोट पकाउंदा एउटै तेल बारम्बार प्रयोग गरिन्छ, जुन खराब चिल्लो पदार्थ बन्छ, यसले जिब्रोलाई स्वाद त दिन्छ तर मुटको धमनीमा बोसो जमाउँछ भन्ने जानकारी तहन सक्छ । आफ कपाकप खराब बोसो भएका खाना खाने शिक्षकले कसरी ‘बच्चाको स्वास्थ्य राम्रो पार्ने नीति बनाउनुपन्यो भन्ने आवाज उठाउन सक्छन् र ? उनीहरू त आफ्नो परिवारलाई पनि खराब बोसी भएकै खाना दिन्छन् ।

विभिन्न मन्त्रालयका बैठकहरूमा केक, कुकिज, सेतो पाउरोटी, बट्टाको जुस खाजाका रूपमा राखिन्छ । कहिलेकहिले त स्वस्थ पोषणको छलफलपछि यस्तो खाजा भेटिन्छ। एकचोटि योजना आयोगको बैठकमा सहभागी हुँदै गर्दा यस्तो खाजा देखेर मैलै बहिष्कारै गरेकी थिएँ ।

सरकारले स्वास्थ्यमा छुट्याउने करोडौं बजेट नसर्ने रोगको उपचार गनमै जान्छ । विद्यालय र अस्पतालवरिपरि कवाडी खाना बेच्न नदिने, उपभोक्तालाई जागरुक गराउने खालका कार्यक्रम गर्ने र आमसञ्चारका माध्यमबाट नागरिकलाई खराब बोसोयुक्त खानाबारे सतर्क गराउनुपर्छ। होइन भने, नसर्ने रोग जन्मने अधिक सम्भावना छ । यदि युवती खराब बोसो भएको खाना खाएर मधुमेहको सिकार बनिन् भने उनका बच्चालाई जन्मिदै मधुमेह हुन सक्छ । अनि सानैदेखि बच्चाको उपचार सुरु हुन्छ । खराब बोसो भएको खाना खाने समस्या सहरमा मात्र होइन, गाउँमा पनि बढ्दो छ । खराब बोसो भएका खानेकुरा बेच्ने कम्पनीहरूले भ्रामक र गलत विज्ञापन बजाइरहेका छन् । के यस्ता विषयमा ‘नागरिक जागरुक बन्नुपर्छ भन्न सक्ला स्वास्थ्य मन्त्रालयले ? (लेखककाे फेसबुकबाट)

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID