माओवादी केन्द्र उपत्यका विशेष प्रदेशले लगायो पदाधिकारी टुंगो, अध्यक्षमा जगत सिंखडा

गणतन्त्रनेपाल संवाददाता

नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेशले पदाधिकारीको टुंगो लगाएको छ । यहीँ मंसीर २५ गते अध्यक्ष प्रचण्डले ७ भौगोलिक र २ गैरभौगोलिक गरी ९ प्रदेश समितिका सम्मेलनहरूको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेतलाई निर्वाचित गर्दै प्रदेश समितिहरूमा पदाधिकारी टुंग्याउने पहिलो प्रदेश समेत उपत्यका विशेष प्रदेश बन्न सफल भएको छ । प्रथम सम्मेलनबाट निर्वाचित हुनेहरूमा उपाध्यक्षमा कृष्णराज केसी, सङ्गीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल, विष्णु थापा र कमल सापकोटाका साथै कोषाध्यक्षमा शंकर अधिकारी रहेका छन् ।

शनिबार काठमाडौँमा उद्घाटन भई आइतबार रातिसम्म चलेको बन्द सत्रमा सर्वसम्मत रूपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा भएको थियो । सम्मेलनमा आयोजकसहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए।

उपत्यका विशेष प्रदेशमा युवा, मजदुर, उद्यमी, पत्रकार-साँस्कृतिकर्मी, विद्यार्थी र पेशागत गरी ६ वटा महाशाखा रहेका छन् ।

दुई दिन चलेको सम्मेलनको बन्दसत्रमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँद‍ो पुस ११, १२ र१३ गते काठमाडौँमा हुँदैछ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID