
एमाले अध्यक्ष केपी शर्मा ओली रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएपछि निवासमै आराम गरिरहेको नीजि सचिवालयले जानकारी दिएको छ ।
सचिवालयका अनुसार अस्वस्थताकै कारण बिहिबार तय भएका पुर्व निर्धारित कार्यक्रममा ओली सहभागी नहुने भएका छन् । प्रेस चौतारीले ओलीको उपस्थितिमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्ने तयारी गरेको थियो । अब ओली अस्वस्थ भएपछि सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुने बताइएको छ ।
मा प्रकाशित
