चितवन । प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले सापकोटालाई अध्यक्ष निर्वाचित गरेको निर्वाचन समितिका अध्यक्ष काेमल बरालले जानकारी दिए ।
मंसीर १८ र १९ गते दुई दिनसम्म चितवनमा चलेकाे प्रेस सेन्टरकाे चाैथाे महाधिवेशनले सापकाेटालाई अध्यक्ष निर्वाचित गरेकाे हाे । आइतबार भएको बन्दसत्रपछि सापकोटालाई अध्यक्ष निर्वाचित गर्दै एकसय ८४ सदस्यीय केन्द्रिय समिति पनि निर्वाचित गरेको छ । १० जना सदस्य पछि मनाेनित गर्ने आयाेजकले जनाएकाे छ ।
प्रेस सेन्टरमा यसपालि महिला प्रतिनिधि ३५ प्रतिशत ७० जना, दलित १५ प्रतिशत ३० जना, सिमान्तकृत ५ प्रतिशत १० जना, युवा २० प्रतिशत ४० जना गरी समावेशी संगठन निर्माण गर्ने प्रेस सेन्टर नेपालले बताएकाे छ ।
मा प्रकाशित