काठमाडौँ । समाज कल्याण परिषद् पुल्चोकमा नयाँ कार्य समिति नियुक्त गरिएको छ ।
यहीँ मंसीर २ गते बसेको मन्त्रिपरिषद् (नेपाल सरकार) बैठकले नयाँ कार्य समिति नियुक्त गरेको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको परिषद्को अध्यक्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री अध्यक्ष रहने व्यवस्था छ ।
नियुक्त हुनेहरूमा उपाध्यक्षमा मोनिका अधिकारी भट्टराई, सदस्य सचिवमा मनोज भट्ट, कोषाध्यक्षमा बिनय लामा, सदस्यहरूमा सुशीला शर्मा केसी, नारायण गिरी, जितेन्द्र डंगोल र गोमा भुसाललगायत रहेका छन् ।
आजै ४ बजे पुल्चोकस्थित समाज कल्याण परिषद्मा एक कार्यक्रम आयोजना गरी पद बहाली गरिने सदस्य सचिव भट्टले गणतन्त्र नेपाललाई बताएका छन् ।
मा प्रकाशित