अर्थमन्त्री गभर्नरसँग रिसाउँदै निजी बैंकहरुलाई तरलता बढाउन आग्रह

राष्ट्र बैंकको नीति नियमानुसार कार्य गर्न वाणिज्य बैंक तयार

गणतन्त्र नेपाल संवाददाता

अर्थमन्त्री जनार्दन शर्माले लगानीयोग्य रकम अभाव रोक्ने गरी मौद्रिक नीतिको समीक्षा गर्न निर्देशन दिदै गर्भनर महाप्रसाद अधिकारीसँग रिसाएका छन् । उनले बैंकिङ तरलता बढाउन विभिन्न योजना नल्याएका समस्या देखिएको भन्दै गर्भनर अधिकारीलाई नीति समिक्षा गरि कार्य गर्न निर्देशन दिएका हुन् ।

उनले लगानीयोग्य रकम व्यवस्थापनका लागि वित्तिय क्षेत्रले अघि बढ्न सबै २७ वटा क वर्गका बैंकसँग आग्रह समेत गरे ।

अर्थ मन्त्रालयमा आज शुक्रबार गर्भनर महाप्रसाद अधिकारीको सहभागितामा सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँगको छलफलमा उनले दबाद दिएका हुन् ।
अर्थमन्त्री शर्माले गर्भनर अधिकारीलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सहुलियत दिनुपर्नेमा जोड दिएको छलफलमा सहभागि मेगा बकैंकी सिइओ अनुपमा कुञ्जेलीले जानकारी दिइन् ।
चालू आवको तीन महिना सकिएको अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेका बेला अर्थमन्त्रीले सल्लाह दिएको हुनसक्ने उनको भनाई छ । सिइओ कुञ्जेलीले सरकार, राष्ट्र बैंकको नीति नियमानुसार कार्य गर्न तयार रहेको उल्लेख गरिन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID