हार्दिक श्रद्धाञ्जली: कन्नड सुपरस्टार ‘पुनीत राजकुमार’

प्रभास
केही दिन अघि दिउँसाे कन्नड सिनेमाका सुपरस्टार ‘पुनीत राजकुमार’काे हृदयघातका कारण निधन भयो। समाचारअनुसार, जिममा वर्कआउट गरिरहँदा पुनीतलाई अचानक बेस्सरी छात्ती दुख्याे। त्याे हृदयघातकाे पीडा थियाे। तत्काल, उनकाे इसिजी गराईयाे र उनलाई करिब ११:३० बजे बिहान बेंगलुरूकाे विक्रम अस्पतालमा लगियाे। डाक्टरहरूले पुनीत क्रिटिकल कन्डिसनमा भएकाे बताए।
उनलाई आइसियूमा भर्ना गरियाे। तर सम्भवत: पुनितकाे त्यसबेला नै मृत्यु भईसकेकाे थियाे। अस्पतालले पुनीतकाे मृत्यु कतिबेला भयाे भनेर स्पष्ट पारिसकेकाे छैन। अस्पतालद्वारा जारी विज्ञप्तिमा ‘४६ वर्षीय अभिनेता पुनीत राजकुमारलाई ‘हिस्टोरी अफ चेस्ट पेन’ सहित बिहान ११:४० मा विक्रम अस्पतालकाे ईमर्जेन्सी डिपार्टमेन्टमा अचेत अवस्थामा ल्याएकाे र उनलाई कर्डियक अरेष्ट भएकाे’ कुरामात्र उल्लेख छ।
विगत केही समयदेखि भारतीय अभिनेताहरू हर्ट एट्याक वा कर्डियक अरेन्टद्वारा मर्ने गरेकाे देखिँदैछ। एकवर्ष अगाडि अप्रिलमा कन्नड एक्टर-हिराे चिरञ्जीवी सर्जा (अर्जुन सर्जाकाे भतिज र ध्रुव सर्जाकाे दाई) काे यही हर्ट एट्याक वा कर्डियक अरेस्टका कारण मृत्यु भएकाे थियाे। केही समयअघि हिन्दी टिभी सिरियलका एक्टर तथा माेडल सिद्धार्थ शुक्लाकाे पनि हर्ट एट्याक वा कर्डियक अरेस्टकै कारण मृत्यु भयाे। आज कन्नड सिनेमाका अभिनेता तथा निर्माता पुनीत राजकुमारकाे पनि हर्ट एट्याक वा कर्डियक अरेस्टकै कारण मृत्यु भएकाे छ।
‘पुनीत राजकुमार’ कन्नड सिनेमाका सर्वाधिक लाेकप्रिय स्टार वा हिराे थिए। उनी कन्नड सिनेमाका लिजेन्ड डा. राजकुमारका कान्छा छाेरा थिए। बाल्यकालमा उनकाे नाम लाेहिथ थियाे तर घरमा सबैजना उनलाई प्रेमले ‘अप्पु’ भनेर बाेलाउँथे। ‘अप्पू’ उनकाे निकनेम थियाे। डा. राजकुमारका तीन भाइ छाेराहरू (शिव राजकुमार, रघवेन्द्र राजकुमार र पुनीत राजकुमार) मध्ये पुनीत नै सिनेमामा सबभन्दा सफल भएका थिए। कन्नड एक्टर ‘शिव राजकुमार’ पुनीतका जेठा दाइ हुन्।
पुनीत राजकुमारले बाल्यकालदेखि नै सिनेमामा अभिनय गरेका थिए। सन् १९७६ मा पहिलाेपटक क्यामेराकाे सामना गर्दा उनी छ महिना पनि पुगेका थिएनन्। उनकाे पिता डा. राजकुमारकाे फिल्म ‘प्रेमादा कनिके’ का लागि निर्दैशक भी. साेमशेखरले उनकाे पिता डा. राजकुमारकाे कन्सेन्ट लिएर उनलाई सर्वप्रथम क्यामेरामा कैद गरि सिनेमाकाे पर्दामा प्रस्तुत गरेका थिए।
पुनीत राजकुमार पर्दाभित्रका मात्र हाेईन, पर्दा बाहिरका पनि हिराे थिए। त्यसैले त, उनी आफ्नाे क्षेत्रमा अत्यन्त लाेकप्रिय थिए। उनी सबैका प्रिय थिए। सबैका आँखाका नानी थिए उनी। उनकाे असामयिक निधनले उनकाे क्षेत्रमा दु:खकाे बादल छाएकाे छ। उनकाे क्षेत्रमा शाेककाे लहर फैलिएकाे छ। 
एकवर्षकाे हुँदा उनी ‘सनादी अप्पना’ (१९७७) मा देखा परे, दुईवर्षकाे हुदाँ ‘थायिगे थक्का मागा’ (१९७८) मा, त्यसकाे दुईवर्षपछि उनी चार वर्षकाे हुँदा ‘वसन्त गीता‘ (१९८०) मा। त्यसपछि ‘भूमिगे बंदा भगभन्था’ (१९८१), ‘भाग्यभन्था’ (१९८१), ‘चालिसुभा माेडागालु’ (१९८२), ‘भक्त प्रल्हाद’ (१९८३), ‘ईराडु नक्षत्रगालु’ (१९८३), ‘यारिभानु’ (१९८४) आदि थुप्रै फिल्महरूमा अभिनय गरे र प्रशंसा बटुले।
उनले सात र आठ वर्षकाे कलिलाे उमेरमा क्रमश: ‘चालिसुभा माेडागालु’ (१९८२) र ‘ईराडु नक्षत्रगालु’ (१९८३) बाट दुईपटक स्टेट फिल्म अवार्ड जिते। त्यसपछि, नाै बर्षकाे उमेरमा ‘बेट्टाडा हूभु’ (१९८५) मा रामु नामक बालककाे क्यारेक्टरका लागि नेशनल फिल्म अवार्ड पनि जिते।
पुनीत राजकुमारले १९७६-१९८० सम्म बाल कलाकारकाे रुपमा फिल्महरुमा काम गरे। यस अवधिमा उनले जम्मा १४ वटा फिल्महरूमा काम गरे। त्यसपछि उनी शिक्षा पूरा गर्नतिर लागे।
पुनीत राजकुमारले सन् २००२ मा हिराेकाे रुपमा कन्नड फिल्म ईन्डष्ट्रीमा रि-ईन्ट्री गरे। र कन्नड फिल्म ईन्डष्ट्रीका सबै हिराेहरूलाई उछिन्दै कन्नड सिनेमाकाे नम्बर वान् हिराे बन्न पुगे।
उनले कन्नड सिनेमाकाे अन्य सबै हिराेहरुलाई मात दिँदै आफ्नाे दबदबा स्थापित गरे। सन् २००० यताकाे कुरा गर्ने हाे भने पुनीत राजकुमार नै कर्नाटक/कन्नड सिनेमामा सर्वाधिक मानिसहरू/ दर्शकहरूद्वारा मन पराईएका हिराे हुन्। पुनीत कन्नडा सिनेमामा न्यू मिलेनियम (सन् २०००) यता सर्वाधिक मन पराईएका स्टार हुन्। उनी कन्नडा फिल्म ईन्डष्ट्रीका सुपरस्टार हुन्/थिए । जसरी सलमान खान हिन्दी बेल्टका सुपरस्टार हुन्। पुनीत कन्नड सिनेमाका highest paid actor थिए अर्थात् कन्नड सिनेमामा सबैभन्दा बढी पारिश्रमिक पाउने हिराे उनै थिए। पुनितले वयस्क भएपछि मृत्युपर्यान्तसम्म कुल २९ वटा फिल्महरूमा काम गरेका थिए। लगातार रुपमा ब्लकबस्टर फिल्महरू दिएपछि पुनीतलाई उसका प्रशंसकहरू र मिडियाहरूले कन्नडा सिनेमाकाे ‘पावरस्टार’ भनेर सम्बाेधन गर्न थालेका थिए।
पुनीत एक प्राेफेसनल सिँगर पनि थिए। पुनीत बाल्यकालदेखि नै गीतहरु गाउने गर्थे, त्याे पनि प्राेफेस्नली। उनले बाल कलाकारका रुपमा आफुले अभिनय गरेका चाैधवटा फिल्ममध्ये सातवटा फिल्ममा गीत गाएका थिए। उनले थुप्रै गीत रेकर्ड गराएकाे देखिन्छ। उनले फिल्म ‘चालिसुभा माेडागालु’ का लागि गाएकाे गीत ‘कानादान्ते मायाभादानु’ उनका फ्यानमाझ अझै पनि लाेकप्रिय छँदैछ।  यही गीतलाई वयस्क भएपछि उनले ‘अन्ना बाेन्ड’का लागि रिमिक्स फर्ममा गाए।
वयस्क भएपछि पनि उनले गायनलाई निरन्तरता दिए। उनले आफ्नाे डेब्यु फिल्म ‘अप्पू’ मा साेलाे गीत गाए अनि ‘वंशी’ मा डुएट गीत ‘जाेथे जाेथेयाली’ गाए। ‘ज्याकी’मा फास्ट नम्बर गाए। उनले आफ्नाे दाइ शिव राजकुमारका दुईवटा फिल्म ‘लव कुश’ र ‘मयलरी’ का लागि पनि गाए। उनले ‘वीरा कन्निडिगा’, ‘रिसी’, ‘आकाश’, ‘अरासु’, ‘अन्ना बाेन्ड’ आदि थुप्रै फिल्मका लागि गीत गाए। पुनीतले आफ्नाे लागि, आफ्ना फिल्ममा मात्र हाेइन, अरु अभिनेताका लागि, अरु अभिनेताका फिल्ममा पनि गाए। आफ्नाे पिता डा राजकुमारजस्तै उनी पनि ती विरलकाेटीका अभिनेतामध्ये पर्दथे जसले गायनमा पनि गजबकाे सफलता पाए। पुनीतका अनुसार उनकाे गायनकाे पारिश्रमिक सिधै च्यारिटीमा जान्थ्याे।
पुनीत राजकुमार एक अब्बल एक्टर, अब्बल सिंगर मात्र नभएर एक अब्बल डान्सर पनि थिए। दक्षिण भारतका उत्कृष्ट डान्स गर्ने हिराेहरूमा तेलुगु सिनेमाका अल्लू अर्जुन र जुनियर एनटिआरसँगै पुनीत राजकुमारकाे पनि नाम लिईन्छ। पुनीत डान्समा जस्ताेसुकै डान्सरलाई पनि कडा चुनाैती पेस गर्न सक्थे, उसलाई आच्छु आच्छु पारिदिन सक्थे।
पुनीत फाइटिङमा पनि बेस्ट थिए। फिल्ममा आफ्नाे स्टन्टहरु उनी आफै गर्थे। फिल्म ‘ज्याकी’ (२०१०) का लागि उनले गरेका स्टन्ट हेरेर त मान्छेले औला टाेकेका थिए। उनले फिल्ममा गरेका स्टंटहरु साउथ इंडियन सिनेमामा अझै पनि रेकर्डकाे रूपमा रहेकाे छ।
पुनीतकाे जादु ठूलाे पर्दामा मात्र हाेइन, सानाे पर्दामा पनि उत्तिकै चल्याे। करिअरकाे सुरुवातमा उनले सिरियलमा पनि  अभिनय गरे। उनले लाेकप्रिय टिभी कार्यक्रम ‘Who wants to be a millionaire’ काे फ्रेन्चाईची वा कन्नड भर्सन ‘कन्नडाडा काेटयाधिपति’काे संचालन गरे। अर्काे रियालिटी शाे ‘फ्यामिली पावर’काे पनि स‌ंचालन गरे। यसै वर्षदेखि उनले एक टिभी सिरियल ‘नेत्रावती’ काे पनि निर्माण गरिरहेका थिए जसमार्फत् अभिनेत्री अन्जलीले करिब दुई दशकपछि टिभी सिरियलमा अभिनय गर्दै थिईन्।
एक्टिङ, डान्सिङ, सिंगिङका साथै पुनीत राजकुमार प्राेड्युसिङतर्फ पनि लागे। उनले ‘नेत्रावती’ सिरियलकाे निर्माण गरिरहेकाे कुरा त माथि नै उल्लेख गरियाे। उनले आफ्नाे ब्यानर ‘PRK (Puneet Rajkumar) Productions’ अन्तर्गत दुईवटा फिल्महरुकाे निर्माण गरे। केही समयअघि  ‘फिल्म कम्पेनियन’सँगकाे आफ्नाे एक अन्तर्वार्तामा फिल्म निर्माण गर्ने आफ्नाे कदमबारे प्रष्ट्याउँदै उनले भनेका थिए, ‘मेराे पहिल्यैदेखिकाे भित्री ईच्छा थियाे फिल्म निर्माण गर्ने। म एक्टिङ गरिरहँदा पनि एकदिन म पनि आफ्नै ब्यानर खाेलेर फिल्म निर्माण गर्छु भनेर साेच्थेँ। अहिले आएर हामीले प्राेडक्सन कम्पनी खाेलेका छाैं र फिल्म निर्माण गर्दैछाैं।’
‘कस्ताे खालकाे फिल्म निर्माण गर्नुहुने ?’ भन्ने प्रश्नमा जवाफ दिँदै उनले भनेका थिए, ‘म राम्रा राम्रा कन्टेन्टहरूमा राम्रा राम्रा फिल्म बनाउन चाहन्छु। युनिभर्सल्ली अपिल गर्ने विश्वस्तरीय फिल्महरू बनाउन चाहन्छु जसकाे आनन्द विश्वभरिका सिनेप्रेमीले लिन सकुन्। म वर्ल्ड अडियन्सलाई लक्षित गरेर फिल्म बनाउन चाहन्छु। जाे अन्तर्राष्ट्रिय मञ्चहरू र ओस्कार अवार्डकाे मञ्चसम्म पुग्न सकुन्।’
उनले हाैसिँदै अगाडि भनेका थिए, ‘हामी मेनस्ट्रिम सिनेमाका हिराेले यस्ता फिल्महरु खेल्न सक्दैनाैं। किनभने हाम्राे फिल्महरू कमर्शियल हुनु जरुरी हुन्छ। त्यसमा मसाला वा फर्मुलाहरू हुनु जरुरी हुन्छ। त्यसमा एक्सन हुनुपर्छ, त्यसमा डान्स हुनुपर्छ, त्यसमा राेमान्स हुनुपर्छ। त्यसमा कमेडीकाे तडका पनि हुनुपर्छ। दर्शकहरू हाम्राे फिल्महरूमा यही सबथाेक हेर्न खाेज्छन्। यसैकाे अपेक्षा गरेर उनीहरू फिल्म हेर्न सिनेमाहलमा धाउने गर्छन्। हामी उनीहरूलाई निराश पार्न सक्दैनाैं। त्यसैले, हामी याे फर्म्याटदेखि बाहिर फिल्महरू खेल्न सक्दैनाैं। म सक्दिन। किनभने, हाम्राे सीमा छ। हामी त्याे फर्म्याटदेखि बाहिर जान सक्दैनाैं किनभने हाम्रा बाध्यता छन्।
म यस्ता फिल्महरु बनाउन चाहन्छु, जुन हामी मेनस्ट्रिमका एक्टरहरूले खेल्न पाउँदैनाैं। यस्ता कन्टेन्टमा फिल्म बनाउन चाहन्छु जसलाई अहिलेकाे हाम्राे कमर्शियल सिनेमाकाे फर्म्याटले सम्बाेधन गर्न सक्दैन। रियलिस्टिक सिनेमाहरू, मन छुने सिनेमाहरू। साना र मध्यम बजेटका स्तरीय सिनेमाहरू। म विश्वका सिनेमाहरूसँग प्रतिस्पर्धा गर्ने क्षमता भएका सिनेमाहरू बनाउन चाहन्छु।’
यसबाट के थाहा हुन्छ भने पुनीत राजकुमार एक दुरदर्शी आर्टिस्ट थिए। कमर्शियल सिनेमामा स्ट्राईक गरिरहेकाे भए पनि उनमा राम्राे सिनेमाकाे स्पष्ट बुझाई थियाे। उनी आफू मेनस्ट्रिम (कमर्शियल) सिनेमाकाे लिडिङ एक्टर भए पनि  सुन्दर र अर्थपूर्ण सिनेमातर्फ उनकाे झुकाव थियाे। उनी यस्ता सुन्दर र अर्थपूर्ण सिनेमा निर्माण गरेर सिनेक्षेत्रमा गहकिलो याेगदान पुर्‍याउन चाहन्थे।
व्यक्तिगत रूपमा पुनीत राजकुमार एक भलादमी र सीधासाधा मानिस थिए। उनी कन्नड सिनेमा सबैभन्दा प्रतिष्ठित, सबैभन्दा  respeted परिवारका सदस्य थिए। Huge status थियाे उनकाे तर पनि उनी ठूला-साना सबै आर्टिस्ट तथा टेक्निशियनलाई सम्मानजनक व्यवहार गर्थे। सबैसँग विनम्र भएर प्रस्तुत हुन्थे। उनमा कुनै घमण्ड थिएन। उनले कहिल्यै कसैकाे अपमान गरेनन्। कहिल्यै कुनै विवादमा फँसेनन् (बेलाबखत ईनकम ट्याक्स डिपार्टमेन्टले उनकाे घरमा छापा मारेकाे बाहेक)। पुनीतलाई भेट्ने धेरैले उनकाे सरल र आत्मीय स्वभावकाे खुलेर प्रशंसा गरेका छन्।
पुनीत विवाहित थिए। उनले १ डिसेम्बर १९९९ मा अश्विनी रेवन्तसँग विवाह गरेका थिए। उनीहरूकाे चिनजान एक कमन फ्रेन्डमार्फत् भएकाे थियाे। पुनीतका दुईजना छाेरी छन्, दृष्टि र वन्दिता।
पुनीत राजकुमार सेवामूलक कार्यहरु पनि गर्थे र त्यसमार्फत् समाजप्रतिकाे आफ्नाे जिम्मेवारीकाे केही अंश निर्वाह गर्ने काेसिस गर्थे। एक वेबसाइटका अनुसार उनी ४५ वटा च्यारिटी स्कुल, २६ वटा अनाथाश्रम, १६ वटा ओल्ड एज हाेम्स र १९ वटा गाैशालाकाे सञ्चालन गर्थे। उनले १८०० विधार्थीकाे शिक्षाकाे खर्च उठाईरहेका थिए र दुईजनालाई नेत्रदान गर्न मदत पनि गरेका थिए।
पुनीत राजकुमार पर्दाभित्रका मात्र हाेईन, पर्दा बाहिरका पनि हिराे थिए। त्यसैले त, उनी आफ्नाे क्षेत्रमा अत्यन्त लाेकप्रिय थिए। उनी सबैका प्रिय थिए। सबैका आँखाका नानी थिए उनी। उनकाे असामयिक निधनले उनकाे क्षेत्रमा दु:खकाे बादल छाएकाे छ। उनकाे क्षेत्रमा शाेककाे लहर फैलिएकाे छ।
म पुनीत राजकुमारका परिवार, साथीभाई, ईष्टमित्र र विश्वभरि छरिएर रहेका उनका कद्रदानहरूप्रति विनम्र सम्वेदना व्यक्त गर्दछु।
पुनीत राजकुमारलाई मेराे हार्दिक श्रद्धाञ्जली। उनकाे आत्माले शान्ति पाउन्, यही प्रार्थना गर्छु।
मा प्रकाशित