महाधिवेशनकाे चटाराेमा प्रेस सेन्टर

गणतन्त्रनेपाल संवाददाता, ९ कार्तिक २०७८

क्रान्तिकारी  पत्रकारहरुको नेतृत्वदायी संगठन प्रेस सेण्टर नेपाललाई महाधिवेशनकाे चटाराेले छाेपेको छ । यहीँ मंसिर १८ र १९ गते चितवनमा गर्ने अधिवेशनकाे तयारीका लागि संगठनले विभिन्न निर्णय गरेको छ ।

प्रेस सेण्टरले १७ सदस्यीय कार्यालय टिम निर्माण गरेको छ । कार्यालयमा महेश्वर दाहाल, संयोजक र सदस्यहरुमा : गोविन्द आचार्य, ओम शर्मा, बलराम थापा, गोविन्द रोका ‘सचिन’, कमल गिरी, देवराम यादव, लक्ष्मी पुन, खिलबहादुर भण्डारी, संगिता खड्का, विष्णु सापकोटा ‘जुगल’, मनोज घर्तीमगर, सुरेशचन्द्र अधिकारी, गोविन्द देवकोटा, विवेक गौतम, लक्ष्मण खड्का र विदुर खड्का रहेका छन् ।

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन मंसिर १० र ११ गते चितवनको भरतपुरमा आयोजना गर्ने यसअघिको निर्णयमा पुनर्विचार गर्दै राष्ट्रिय महाधिवेशन सोही स्थानमा मंसिर १८ र १९ गते आयोजना गर्ने निर्णय गरिएको छ ।

जिल्ला अधिवेशन कात्तिक १६ गतेसम्म सम्पन्न गर्ने, संगठनको प्रादेशिक अधिवेशन मंसिर ८ गतेसम्म सम्पन्न गर्ने, मंसिर १० गतेसम्म सबै प्रदेशहरुले आफ्नो प्रदेशको संगठनात्मक रिर्पोट केन्द्रीय कार्यालयमा अनिर्वाय रुपमा पेस गर्ने निर्णय भएको छ ।

नीतिगत प्रतिवेदन तयारीका लागि महेश्वर दाहाललाई जिम्मा दिइएको छ भने विधान र संगठनात्मक प्रतिवेदन तयारी समितिको संयोजकमा विष्णु सापकोटा ‘जुगल’ र सदस्यहरुमा लक्ष्मी पुन, मनोज घर्तीमगर, लक्ष्मण खड्का र ध्रुव बुढाथोकी छन् ।

आर्थिक तथा मूल व्यवस्थापन समितिमा संयोजकमा विष्णु सापकोटा ‘जुगल’ रहेका छन् । यो समितिका अन्य सदस्यहरुमा गोविन्द रोका ‘सचिन’, कमल गिरी, मनोज घर्तीमगर, लक्ष्मण खड्का, सुरेशचन्द्र अधिकारी, त्रिभूवन पौडेल, गोविन्द देवकोटा, ध्रुब बुढाथोकी, मानसिंह बिक, रामसिंह ठगुन्ना, विवेक गौतम, उपेश महर्जन, विदुर खड्का, आरबी खड्का, निर्मल ज्ञवाली छन् ।

अधिवेशन व्यवस्थापन समितिको संयोजकमा सुरेशचन्द्र अधिकारी र सदस्यहरुमा बागमती र उपत्यका प्रदेशमा कार्यक्षेत्र भएका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरु, बागमती प्रदेश समिति, (जिल्ला समन्वय समितिका अध्यक्षहरुसहित), उपत्यकाका जिल्ला समन्वय समितिका अध्यक्षहरु, जिल्ला समन्वय समिति चितवनको कार्यसमितिर नवलपरासी (पूर्व) र गोरखा र तनहुँका अध्यक्ष तथा संयोजकहरु छन् ।

प्रचार, प्रसार तथा प्रकाशन समितिको संयोजकमा मनोज घर्तीमगर र सदस्यहरुमा राजेश चाम्लिङ, डिल्ली मल्ल, नरेन्द्र केसी शैलेन्द्र महत्तो, तारामणी सापकोटा, शान्ता अधिकारी, माधव पनेरु, बुद्ध लोप्चन, सुरेन्द्र चालिसे, प्रदीपराज वन्त, टीकाराम प्रधान र मेघराज सापकोटा छन् ।

यस्तै, प्रवास प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ । जसमा इन्चार्जः आरबी खड्का (भारत) र सह–इन्चार्ज हरि नेपाली (युएई) छन् । संयोजकमाः नरेश खपाङ्गी (यूके) र सदस्यहरुमा दिल निशानी मगर (युरोप), केजिन राई (युरोप), सरिता ढकाल (अष्ट्रेलिया), जानुका धमला (पोर्चुगल), महेश खाती (डेनमार्क), प्रेम परियार (नर्वे), मेघराज सापकोटा (दुबई), तिलक मल्ल (जापान), राजकुमार थापा (पोर्चुगल), पूर्णसिंह बराइली (अमेरिका), किरण पौडेल, बाबुराम दाहाल, किरण मरहठ्ठा (अमेरिका) छन् ।

मा प्रकाशित