महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका विश्वप्रकाशले सार्वजनिक गरे अवधारणापत्र (पूर्णपाठसहित)

शिखा पौडेल, काठमाडौँ/ ३ असोज

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीलाई लिएर २४ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। नेता शर्माले झापा बिर्तामोडमा आज संविधान दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममार्फत अवधारणापत्र सार्वजनिक गरेका हुन् ।

‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ को अपिलसहित सार्वजनिक गरिएको घोषणापत्रमा १४ औँ महाधिवेशनमा विगतको आत्मसमीक्षा गर्नुपर्ने र आउँदा दिनका लागि आत्मचिन्तन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

अवधारणापत्रमा स्थापनाकालमा बिपी कोइरालालगायतको संकल्प र उपलब्धिलाई जोगाउन कमजोरीको पहिचान गरेर समयानुकूल परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ।

शर्माले अवधारणापत्रमा एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको शपथको प्रस्ताव गरेका छन्। यसलाई व्यवहारमा अनुशरण गर्नसके नेतृत्वमा आगमन र बहिर्गमनको प्रणाली र प्रवृत्ति निर्माण हुने उनको अवधारणापत्रमा उल्लेख गरिएको छ।

यस्ताे छ शर्माकाे अवधारणापत्रकाे पूर्णपाठ–

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID