नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरीको अध्यक्षतामा प्रदेश कमिटी गठन गरेको हो ।
सचिवमा रुपन्देहीका राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् ।
यही असोज ५ गते हुने केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि प्रदेश समितिलाई पूर्णता दिइने सचिव राजु गुरुङले जानकारी दिए । भेलाले असोजभित्र लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा भेला र बैठकहरु गरी वडा तहसम्म संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
मा प्रकाशित