सिद्धार्थ शुक्लाप्रति सलमान खानकाे त्याे मजाक

लेख

प्रभाष

सेप्टेम्बर २ मा टेलिभिजनका एक पपुलर स्टार सिद्धार्थ शुक्लाकाे कार्डिअक अरेष्टका कारण निधन भयाे। यससँगै बलिउडमा शाेककाे लहर फ‌ैलियाे।

बलिउड सुपरस्टार सलमान खानले आफ्नाे ट्विटर अकाउन्टमा लेखे,

‘Gone too soon Siddharth.. u shall be missed. Condolences to the family .. RIP’

अर्का चर्चित स्टार साेनु सूदले लेखे,

‘Hard to believe he is no more, my heartfelt condolences go to his family
RIP my friend, u will be missed.’

लाेकप्रिय गायक कुमार सानुले आफ्नाे फेसबुक अकाउन्टमा लेखे,

‘जवान व्यक्तिहरू यसरी गइरहेका छन् कि अब आफ्नाे उमेर देखेर डर लाग्न थालेकाे छ। तपाईंहरू पनि आफ्नाे ख्याल राख्नुहाेस् मित्रहरु, भगवानले तपाईंहरू सबैलाई लामाे आयु र खुशी दिऊन्।’

हुन पनि हाे, हप्तामा ६ दिन जिम जाने, जिममा घण्टाैं बिताउने, ४० वर्षीय फिटनेस फ्रिक सिद्धार्थ शुक्ला जाे आफ्नाे स्वास्थ्यलाई लिएर यति धेरै सचेत थिए र आफ्नाे स्वास्थ्यकाे यति धेरै ख्याल राख्थे, अचानक याे दुनियाँलाई छाेडेर जानु अपत्यारिलो र अचम्मित तुल्याउने घटना थियाे।

फिटनेस फ्रिक

सिद्धार्थ शुक्ला आफ्नाे फिटनेसमाथि विशेष ध्यान दिन्थे। टिभीकाे सबैभन्दा फिट एक्टर मानिन्थे सिद्धार्थ। एक्ससरसाइज उनकाे पहिलाे ड्युटी थियाे। उनलाई एक्ससरसाइज गर्नु निकै मनपर्थ्याे। १४ वर्षकाे उमेरदेखि नै उनी एक्ससरसाइज गर्थे। सिद्धार्थले आफ्नाे जीवनमा एक्ससरसाइजलाई सदैव महत्व दिए।

सिद्धार्थ ‘बिग बाेस, सिजन-१३’ काे दौरान पनि आफ्नाे फिटनेसका लागि दिनहुँ जिम गर्ने गर्थे। शो देखि निस्केपछि पनि उनी दिनहुँ जिम जान्थे। उनी चाहे काममा जतिसुकै व्यस्त हाेउन्, जिम जानु बिर्सिन्दैनथे। उनी आफ्नाे कुनै पनि शूटिङभन्‍दा पहिले बिहान ५ बजे नै जिम पुगिसक्थे। एक्ससरसाइजलाई लिएर उनी यति सजग रहन्थे कि उनी कहिले पनि जिममा आफ्नाे मोबाइल लिएर जाँद‌ैनथे। किनभने ‘मोबाइलले ध्यान भट्काउँछ’ भन्ने उनकाे मान्यता थियाे। उनी एक्ससरसाइजका दौरान आफ्नाे पूरा फोकस फिटनेस गोलमाथि नै दिन्थे।

उनी हप्तामा ६ दिन जिम जान्थे। जहाँ उनी आफैलाई फिट राख्नका लागि करीब २ घन्टा कडा मेहनत गर्थे। वर्कआउटका दौरान सिद्धार्थ वेट ट्रेनिङदेखि लिएर ट्रेडमिलमा दौडिनेसम्मका एक्सरसाइज गर्थे। आफ्नाे फिटनेसका साथसाथै सिद्धार्थ आफ्नाे डाइटकाे पनि विशेष ख्याल राख्थे। सिद्धार्थ धेरैजसाे आफ्नाे आमाकाे हातबाट बनेकाे खाना खान्थे। जंक फूड खाएकाे दिन उनी लिफ्टकाे साटाे सिँढी उक्लेर घर जान्थे।

त्यसैले सिद्धार्थ निकै फिट र जवान देखिन्थे। आफ्नाे उमेरभन्दा पनि कैयौं गुणा बढी जवान देखिन्थे सिद्धार्थ। ‘बाबुल का आँगन छूटे ना’ र ‘बालिका बधु’ जस्ता टिभी शोजका दौरान पनि सिद्धार्थकाे स्लिम फिट बडी देख्न पाइएकाे थियाे। सिद्धार्थकाे हंक बडीलाई देखेर नै सन् २०१४ मा उनलाई सर्वाधिक फिट एक्टरकाे ‘जी गोल्ड अवार्ड’ दिइएकाे थियाे। त्यसपछि सन् २०१५ मा उनलाई ‘वेलनेस आइकन अफ द इयर’ काे ‘जियोस्पा एसियास्पा इंडिया अवार्ड’ पनि दिइएकाे थियाे। उत्कृष्ट फिजिकल फिटनेसका लागि सिद्धार्थलाई सन् २०२१ मा ‘सिंथ ग्लोबल स्पा फिट एंड फैब अवार्ड’ द्वारा पनि पुरस्कृत गरिएकाे थियाे।

यस्ताे सधै एक्सरसाइज गरिरहने, फिटनेसलाई मेन्टेन गरिरहेकाे व्यक्तिकाे अचानक कार्डिअक अरेस्टका कारण असामयिक निधन हुँदा सब‌ैलाई आश्चर्य लाग्नु स्वभाविकै थियाे। सिद्धार्थकाे मृत्युकाे खबर बलिउडमा भुसकाे आगाे झैँ फ‌ैलियाे। अनि, उनकाे घरमा अनेक शाेकाकुल अनुहारहरु देखिए। उनका साथीभाइ, सहकर्मी र बलिउडका बिग स्टारहरूले उनलाई श्रद्धाञ्जली दिए।

सिद्धार्थ शुक्ला टेलिभिजनका एक लाेकप्रिय अनुहार थिए। उनकाे फ्यान्स फलाेइङ पनि लाेभलाग्दाे थियाे। ‘बिग बाेस, सिजन १४’ जितेसँगै उनी स्टार बनेका थिए। टिभी सिरियलहरूका अतिरिक्त उनी सिनेमामा पनि आफ्नाे भाग्य आजमाउदै थिए। ‘हम्टी शर्मा कि दुल्हनियाँ’ मा उनले सहायक भूमिका निर्वाह गरेका थिए। पछिल्लोपटक उनी एकता कपूरकाे वेब सिरिज ‘ब्रोकन बट ब्यूटीफुल-३’ मा देखा परेका थिए। याे शोलाई दर्शकहरुले खूब मन पराए र आइएमडीबीमा पनि याे शाे लाई तगडा रेटिङ मिलेकाे थियाे। उनकाे अर्काे शाे ‘मुंबई डायरिज २६/११’ प्रदर्शनकाे लागि तैयार थियाे। अर्थात्, सिद्धार्थ आफ्नाे करिअरकाे सबभन्दा राम्राे फेजमा थिए।

जन्म र प्रारम्भिक जीवन

सिद्धार्थ शुक्लाकाे जन्म १२ दिसम्बर १९८० मा बम्बई (हालकाे मुम्बई) मा एक हिन्दु परिवारमा भएकाे थियाे। पिता अशोक शुक्ला र माता रीता शुक्लाका एक्लाे छाेरा थिए सिद्धार्थ। उनकाे पिता पेशाले एक सिभिल इन्जिनियर थिए र रिजर्व बैंक अफ इंडियामा काम गर्थे भने माता रीता शुक्ला गृहृिणी थिइन्। उनका दुईजना दिदी छन्। सिद्धार्थ शुक्लाका परिवार मुख्यतः इलाहाबाद, उत्तर प्रदेशका बासिन्दा हुन्।

सिद्धार्थले प्रारम्भिक शिक्षा सेन्ट जाभियर हाइ स्कूल फोर्टबाट लिएका थिए। त्यसपछि, उनले ‘रचना संसद स्कुल’ बाट इंटेरियर डिजाइनिङकाे कोर्स गरे। सिद्धार्थ एक्टिङमा आउनुभन्दा पहिले इंटेरियर डिजाइनर बन्न चाहन्थे। इंटेरियर डिजाइनमा ब्याचलर्स डिग्री प्राप्त गरिसकेपछि उनले एक इंटेरियर डिजाइन फर्ममा केही वर्ष काम पनि गरे।

माेडलिङ र टिभीमा डेब्यु

कलेजका दिनहरुदेखि नै सिद्धार्थलाई उनकाे ह्यान्डसम पर्सनालिटीका कारण माेडलिङका अफरहरु आउन थालेका थिए अनि उनले माेडलिङ गर्न सुरु गरे। सिद्धार्थ माेडलिङकाे संसारमा आफ्नाे भाग्य आजमाइ रहेकै थिए कि अचानक उनकाे पिताकाे मृत्यु भयाे। सिद्धार्थकाे टाउकाेबाट अभिभावककाे छत्रछाया हट्याे। यधपि पिता गुज्रिएपछि पनि सिद्धार्थले आफुलाई टुट्न दिएनन्। उनले सन् २००४ मा ‘ग्ल्याडरेग्स म्यानहंट एंड मेगामाेडल’ कंटेस्टमा भाग लिए र रनर अप बने। अनि, इला अरुणकाे म्युजिक भिडियाे ‘रेशम का रुमाल’ मा देखा परे। सन् २००५ मा उनले टर्कीमा आयाेजना भएकाे ‘वर्ल्ड्स बेस्ट माेडल कंंटेस्ट’ मा इंडियाकाे प्रतिनिधित्व गर्दै एसिया, ल्याटिन अमेरिका र युराेपभरिबाट छानिएर आएका ४० जना प्रतियाेगीहरूलाई पछि पार्दै उपाधि जिते र उनी यसाे गर्ने पहिलाे भारतीयमात्र हैन, पहिलाे एसियाली बन्न पुगे। याे उपाधिकाे जीतले उनका लागि अवसरका ढाेकाहरु खाेलिदियाे। त्यसपछि उनले कजाज एभेन्जर, आइसिआइसिआइ र डाइगजामका विज्ञापनहरुमा खेले।

माेडलिङमा छाएका सिद्धार्थलाई सन् २००८ मा टिभी सिरियलमा एक्टिङ गर्ने अफर मिल्याे। माेडलिङ हुँदै एक्टिङमा बढी स्कोप भएकाे कारण उनले एक्टिङलाई करिअरकाे रुपमा राेज्दै साे अफरलाई स्वीकार गरे। यसरी, सन् २००८ मा उनले साेनी टिभीकाे ‘बाबुल का आँगन छुटे ना’ बाट टिभी र एक्टिङमा डेब्यु गरे। यस सिरियलमा उनकाे लिड राेल थियाे। उनले यस सिरियलमा शुभ राणावत नामक व्यक्तिको चरित्र निर्वाह गरेका थिए, जाे आफ्नाे परिवारप्रति समर्पित हुन्छन्। याे शाे फेब्रुअरी २००९ मा सकियाे। यहीँबाट उनकाे टिभीसँगकाे लामाे यात्रा सुरु भयाे। यसपछि उनी स्टार वानकाे टिभी सिरियल ‘जाने पहचाने से…ये अजनबी’ (२०१०), ‘आहट’ (२०१०) का केही एपिसाेडहरु, ‘लभ यु ज़िंदगी’ (२०११, स्टार प्लस) र ‘सिआइडी’ काे एक एपिसाेडमा देखा परे।

पपुलारिटी र स्टारडम

सन् २०१२ मा ‘बालिका बधु’ सिरियलमा काम गरेपछि भने सिद्धार्थले व्यापक पहिचान प्राप्त गरे। ‘बालिका बधु’ काे डिस्ट्रिक्ट कलेक्टर शिवराज शेखरकाे भूमिकाले उनलाई टिभीका दर्शकहरू माझ लाेकप्रिय बनाइदियाे। यस राेलका लागि उनले थुप्रै अवार्ड पनि पाए। इंडियन टेलिभिजन एकेडेमी अवार्डले उनलाई बेस्ट एक्टरकाे अवार्ड प्रदान गर्‍याे। लामाे समयसम्म चलेकाे याे शाे लाई उनले २०१५ मा छाडे। उनकाे क्यारेक्टरलाई आतंकवादीसँग लड्ने क्रममा मारिएकाे देखाएर उनकाे क्यारेक्टरकाे अन्त्य गरियाे।

उनले थुप्रै रियालिटी शाेमा भाग लिनुका साथै रियालिटी शाेहरूलाई हाेस्ट पनि गरे। सन् २०१४ मा उनले ‘सावधान इंडिया’ काे हाेस्ट गरे। २०१५ मा ‘बालिका बधु’ बाट बाहिरिएपछि भारतीसँग मिलेर उनले ‘इंडियाज गट ट्यालेन्ट, सिजन ६ र ७’ काे हाेस्ट गरे। सन् २०१६ मा उनले ‘फियर फ्याक्टर, खतराें का खिलाडी, सिजन-७’ मा भाग लिए र उपाधि जिते। सन् २०१७ मा उनी फेरि सिरियलतिरै फर्के र ‘दिल से दिल तक’ मा काम गरे। डिसेम्बर २०१७ मा उनले याे सिरियल छाेडे।

यसबीच उनले सन् २०१४ मा बलिउडमा डेब्यु पनि गरे, करण जाैहरकाे फिल्म ‘हम्प्टी शर्मा की दुल्हनियाँ’ मा सपाेर्टिङ राेलबाट र उक्त फिल्मबाट उनले ‘ब्रेक थ्रु सपाेर्टिङ पर्फमेन्स’ (मेल) काे स्टारडस्ट अवार्ड पनि जिते। सन् २०१६ मा उनले कजाकिस्तानी फिल्म ‘बिजनेस इन कजाकिस्तान’ मा पनि काम गरे।

सन् २०१९ मा उनले चर्चित रियालिटी शाे ‘बिग बाेस, सिजन-१३’ मा भाग लिए र साे सिजनकाे सर्वाधिक लाेकप्रिय प्रतियाेगी साबित भए। ‘अर्मेक्स मिडिया’ ले उनलाई लगातार २० हप्तासम्म ‘बिग बाेस, सिजन-१३’ काे सर्वाधिक लाेकप्रिय प्रतियाेगीकाे रुपमा देखायाे। ‘हिन्दुस्तान टाइम्स’, ‘टाइम्स अफ इंडिया’, ‘इंडिया टिभी न्युज’ ले गरेकाे एक चुनावमा उनले ‘बिग बाेस सिजन-१३’ काे सर्वाधिक प्रिय प्रतियाेगीकाे रुपमा सर्वाधिक मत प्राप्त गरे। उनी ‘बिग बाेस सिजन १३’ का सर्वाधिक ट्विट गरिएका प्रतियाेगी पनि थिए। नतिजा, अन्तत: उनी सन् २०२० मा साे सिजनकाे विजेता घाेषित भए।

‘बिग बाेस’ काे विजेता घाेषित भएपछि उनकाे लाेकप्रियतामा पनि निकै वृद्धि भयाे जसले उनकाे फ्यान्स फलाेविङ बढायाे। बिशेषत: उनकाे फिमेल फ्यान्स फलोइङमा निकै वृद्धि भएकाे थियाे। बिग बाेस जितेपछि उनी सोशल मिडियामा लगातार छाएका थिए। नतिजा उनले म्युजिक भिडियाेहरुमा पनि काम पाए। सन् २०२० मा ‘बिग बाेस-१४’ मा उनी पुनः एकपटक बिग बाेसकाे हाउसमा प्रवेश गरे, सिनियरकाे रुपमा र दुई हप्तासम्म त्यहाँ रहे। जनवरी २०२१ मा सलमान खानकाे अनुपस्थितिमा उनले ‘बिग बाेस-१४’ काे साेह्राै हप्ताकाे ‘विकेन्डका वार’ पनि हाेस्ट गरे। सन् २०२१ मा उनले वेब सिरिज ‘ब्राेकन एन्ड ब्युटिफुल’ काे तेस्राे सिजन खेले र राम्राे अप्रिएसन पाए। यसरी सिद्धार्थ सनै सनै फिल्म इंडष्ट्रीमा आफ्नाे मुकाम बनाउँदै थिए कि अचानक एकरात उनलाई कर्डिअर्क अरेष्ट भयाे र उनी बिते।

विचारणीय कुरा के छ भने सिद्धार्थकाे पिताकाे मृत्यु पनि हर्ट अट्याककै कारण भएकाे थियाे। उनकाे पिता फाेक्साेकाे बिमारीबाट पीडित थिए। सिद्धार्थका अनुसार उनी आफु पनि धुम्रपान गर्ने भएकाेले उनकाे फाेक्साेमा कार्बन निकै जमिसकेकाे उनकाे आशंका थियाे। याे कुरा उनले ‘बिग बाेस’ काे हाउसभित्र सेफाली जरिवालालाई बताएका थिए। ‘बिग बाेस’ काे घरदेखि बाहिर आएपछि सबभन्दा पहिला लण्डन गएर आफ्नाे लंग्स क्लिनिङ ट्रिटमेन्ट गराउने उनले सेफालीलाई बताएका थिए।

सिद्धार्थका अनुसार उनी बाल्यकालदेखि नै एक एथलेड थिए र टेनिस र फुटबलमा आफ्नाे स्कुलकाे प्रतिनिधित्व पनि गरेका थिए। उनले इटालियन फुटबल क्लब एसी मिलानकाे अन्डर-१९ टिम फेस्टा इटालियानाअन्तर्गत मुम्बईमा आउँदा उनीहरुका विरुद्ध म्याच पनि खेलेका थिए। सानैदेखिकाे एथलेड र नियमित जिमर सिद्धार्थलाई आफ्नाे एक्ससरसाइजले पनि हर्ट अट्याकबाट बचाउन सकेन।

सहनाज़ र आमासँग सुखी सिद्धार्थ

सिद्धार्थकाे जीवन सिम्पल र सादगीले भरिएकाे थियाे। उनी खासै तडकभडक गर्दैनथे। उनी निष्फिक्री भएर घुम्न मन पराउँथे। उनलाई गाडीहरूकाे निकै शाैख थियाे। सिद्धार्थ शुक्ला आफ्नाे जीवनमा निकै खुशी देखिन्थे। सुखी जीवन थियाे उनकाे। टिभी र विज्ञापनहरूबाट उनी राम्रै कमाई गर्थे। सन् २०२० सम्ममा उनको कुल सम्पत्ति १.५ मिलियन डलर अर्थात् ११.२५ करोडभन्दा माथि बताइएकाे थियाे। याे राशी एक टिभी अभिनेताकाे लागि निकै धेरै थियाे। तर यति सम्पत्ति हुनुकाे बावजूद उनमा कहिल्यै यस कुराकाे घमण्ड देखिएन। उनी आफैमा खुशी र मस्त रहन्थे। कमाईका साथसाथ उनी पराेपकार गर्नमा पनि विश्वास गर्थे। सामाजिक कार्यमा भाग लिन्थे र जरूरतमंदहरुलाई सहयोग गर्थे।

भर्खरैमात्र उनले मुम्बईमा घर किनेका थिए र उनी त्यहाँ आफ्नाे परिवारसँग बस्दै आइरहेका थिए। घरका अतिरिक्त उनीसँग एक बीएमडब्ल्यू एक्स ५ (BMW X5) र एक हार्ले-डेविडसन फ्याट बब मोटरसाइकिल पनि थियाे। उनकाे लाखाैं फ्यान्स फलाेइङ थियाे। अनि, सहनाज़ गिलकाे रूपमा एक मायालु प्रेमिका पनि।

हजुर, सिद्धार्थ सहनाज़ गिलका साथ रिलेशनशिपमा थिए। सिद्धार्थ आफ्नाे मुम्बईस्थित घरमा आफ्नी आमा र सहनाज़सँग बस्थे । उनीहरूकाे रिलेशन साेशल मिडियामा सर्वाधिक चर्चाकाे बिषय बन्ने गर्थ्याे। ‘बिग बाेस’ काे हाउसभित्र बस्ने क्रममा उनीहरु एकअर्कासँग नजिकिएका थिए। उनीहरूका फ्यान्सहरूले उनीहरुलाई ‘सिडनाज़’ (Sidnaz) नाम दिएका थिए। ट्विटरमा दिनैपिच्छे ‘सिडनाज़’ ट्रेन्डिङ हुन्थ्याे। दुवैले केही म्युजिक भिडियाेहरुमा पनि सँगै काम गरेका थिए। मिडिया रिपाेर्टका अनुसार यही डिसेम्बरमा दुवैकाे विवाह पनि हुन लागेकाे थियाे। दुवैकाे परिवार उनीहरूकाे विवाहकाे तयारीमा जुटिरहेकाे बेला अचानक सिद्धार्थकाे निधन भयो ।

सिद्धार्थ शुक्लाकाे निधन बिहिबार बिहान भएकाे थियाे। कर्डियक अरेष्टका कारण उनकाे निधन भएकाे मुम्बईकाे कूपर अस्पतालले पुष्टि गर्‍याे। कूपर अस्पतालका अनुसार सिद्धार्थलाई अस्पताल ल्याउँदाखेरि नै उनकाे मृत्यु भइसकेकाे थियाे। परिवारका सदस्यहरूका अनुसार सिद्धार्थ शुक्लाले राति सुत्नुभन्दा पहिले केही औषधी खाएका थिए तर त्यसपछि उनी उठेनन्।

सिद्धार्थकाे अचानक निधनले उनकाे प्रेमिका शहनाज़ गहिराे सद्‌मामा पुगिन्। उनलाई विश्वास नै भइरहेकाे थिएन कि उनकाे सबभन्दा प्रिय मानिस अब उनकाे साथमा छैनन्। उनलाई अलविदा गरेर गइसके। सिद्धार्थकाे अन्तिम संस्कारकाे बेला उनकाे राेएर बेहाल भएकाे थियाे। सिद्धार्थकाे अन्तिम संस्कारभन्दा पहिले उनको पार्थिव शरीरलाई हेर्दै शहनाज़ पटक-पटक सिद्धार्थकाे नाम पुकार्थिन् र रोइरहन्थिन्। उनी पटकपटक यही भनिरहेकी थिइन् कि ‘अब म कसरी बाँचु?’ सिद्धार्थकाे अन्तिम संस्कारमा उपस्थित मानिसहरूका अनुसार शहनाज़ याे सदमा सहन नसकेर र दुईचाेटि बेहोश पनि भइन्। सिद्धार्थकाे अन्तिम संस्कारपछि उनी आमाकाे काखमा शिर राखेर जमीनमा सुतिरहेकाे तस्वीर भाइरल भइरहेकाे छ। यसरी, सिद्धार्थ शुक्लाकाे निधनपश्चात् सदैव हाँस्ने, मुस्कुराउने र मस्ती गर्ने शहनाज़ मुर्झाउन पुगिन्।

शमशानघाटमा उपस्थित मानिसहरूका अनुसार सिद्धार्थकाे अन्तिम संस्कारकाे क्रियामा सबै रितिरिवाज शहनाज़ गिलले नै पूरा गरिन्। सिद्धार्थका लागि जुन विशेष पूजा गराइयाे, त्यसलाई शहनाज़कै हातबाट शुक्ला परिवारले सम्पन्न गराए। त्यही सिद्धार्थकी आमाले आफ्नो मुटुकाे टुक्रालाई कामिरहेकाे हातले मुखाग्नि दिइन्।

सलमान खानकाे त्याे मजाक

साेसल मिडियामा अर्काे एउटा भिडियाे पनि भाइरल भइरहेकाे छ। वास्तवमा, याे भिडियो ‘बिग बाेस १३’ (Bigg Boss- 13) काे समयकाे हाे। जब सिद्धार्थको स्वास्थ्य बिग्रिएपश्चात् उनलाई अस्पतालमा भर्ना गराइयाे। त्यही दौरान विकेन्डका वारकाे दौरान होस्ट सलमान खानले अस्पतालमा भर्ना भएका सिद्धार्थसँग भिडियो कलकाे माध्यमबाट कुरा गरेका थिए। भिडियोमा सलमान खान हाँस्दै सिद्धार्थलाई भनिरहेका छन्, ‘फ्यान्सले सेभ गरे तर ऊपरवालाले सेभ गर्ने छैन। सब रुनेछन्। सब भन्नेछन्, ‘हैन यार जे भन राम्राे मान्छे थियाे…चिच्याउँथ्याे, कराउँथ्याे… मुखकै नजिक आएर बाेल्थ्याे, धक्का पनि दिन्थ्याे तर मान्छे राम्राे थियाे। मनकाे असल थियाे। याे घरमा कसैलाई कसैसँग प्रेम हुन्छ। कसैले बिग बाेसकाे घरमा बिहे नै गरे र काेही बिग बाेसकाे घरबाट प्रस्थान गरे।’

सलमान खानले ख्यालख्यालैमा भनेकाे याे कुरा दुई बर्षपछि सत्य भएकाे छ। सिद्धार्थ मास्तिर प्रस्थान गरिसकेका छन्। याे भिडियाे हेरेर उनका लाखौं फ्यान निकै भावुक भइरहेका छन्। कसैले लेखेका छन्, ‘याे भिडियाे अब वास्तविकता बनिसकेको छ’ त कसैले लेखेका छन्, ‘कसैकाे मृत्युकाे यसप्रकार मजाक बनाउनु हुँदैनथ्याे। कहिलेकाँही मजाक बिल्कुल वास्तविकतामा बदलिन्छ।’ त कसैले लेखेका छन्, ‘कसैकाे मृत्युमाथि यस्ताे भद्दा मजाक गर्नु असंवेदनशीलता हाे। सलमान खानले यस्ताे मजाक गर्नुभन्दा पहिले एकपटक साेच्नुपर्थ्याे।’ सायद आज सलमान खानलाई पनि आफ्नाे याे मजाकमाथि अफसाेस भइरहेकाे हाेला।

निधन हुनुभन्दा एक हप्ता पहिलेदेखि नै सिद्धार्थ जिम गइरहेका थिएनन् । यसबीच अब सिद्धार्थका जिम ट्रेनर सोनु चौरसियाले खुलासा गरेका छन् कि सिद्धार्थ विगत एक हफ्तादेखि जिम गएका थिएनन्। सिद्धार्थ शुक्लाका जिम ट्रेनर साेनुले बताए कि, ‘सिद्धार्थ केही दिनदेखि राम्राे महसूस गरिरहेका थिएनन् र यही कारण थियाे कि उनी जिम पनि गएका थिएनन्। सिद्धार्थ दुई घण्टा एक्ससरसाइज गर्थे। तर, बीच-बीचमा रेस्ट पनि गर्थे। जसकाे कारण तीन देखि चार घन्टा उनकाे जिममा बित्थ्याे। उनी २५ अगस्तमा अन्तिमपटक जिम आएका थिए। त्याे दिन म जिममा थिइन तर मेरो असिस्टेन्ट जिममा थियाे। त्याे दिन सिद्धार्थले अत्यन्त कम एक्ससरसाइज गरे। उनले भने, एक्ससरसाइज गर्नमा मेराे मन छैन। मलाई राम्राे लागिरहेकाे छैन।’

साेनु अगाडि भन्छन्, ‘मलाई विश्वास नै भइरहेकाे छैन कि उहाँकाे निधन हार्ट अटैकका कारण भयाे। उहाँ सदैव आफ्नाे फिटनेसकाे ख्याल राख्नुहुन्थ्याे। विगत डेढ बर्षदेखि म उहाँलाई ट्रेनिङ दिइरहेकाे थिए। उहाँ कहिल्यै पनि कुनै मानसिक तनाव वा डिप्रेशनमा रहनुभएन। उहाँ सदैव खुशी रहने र अरुहरुलाई पनि खुशी राख्ने मानिस हुनुहुन्थ्याे।’

त्याे रात के भएकाे थियाे ?

आफ्नाे निधनभन्दा एक दिन पहिले १ सेप्टेम्बर, बुधवारकाे दिन सिद्धार्थ शुक्ला आफ्नाे नयाँ प्रोजेक्टकाे सिलसिलामा दिउँसाे मिटिङ गर्न गएका थिए। मिटिङबाट उनी रात साढे ८ बजे घर आइपुगे। त्यसपछि, साढे १० बजेसम्म उनी आफ्नाे अपार्टमेन्टकाे कम्पाउन्डमै जगिङ गरिरहेका थिए।

जगिङ गरेर घर फर्किएपछि उनले केही बेर आराम गरे अनि सुत्न गए। सुतेकाे केही बेरपछि उनलाई केही छट्पटी महसुस भयाे। उनले यस बारेमा शहनाज़ गिल र आफ्नी आमालाई बताए। करीब १ बजे आमाले उनलाई पानी ल्याएर दिइन् अनि सुत्न भनिन् । तर, उनीहरू सबै यस कुराबाट अन्जान थिए कि सिद्धार्थकाे निन्द्रा अब फेरि कहिल्यै खुल्ने छैन।

बिहान सिद्धार्थकी आमा र शहनाज़ले उनलाई उठाउने कोशिश गरे, तर सिद्धार्थ उठेनन्। त्यसपछि, उनीहरू आत्तिए र सिद्धार्थलाई अस्पताल लैजाने प्रबन्ध गरे। सिद्धार्थलाई अस्पताल लगियाे र जाँचपश्चात् त्यहाँका डाक्‍टर निरन्जनले करिब साढे १० बजेतिर उनलाई ‘डेथ बिफोर अराइवल’ अर्थात् ‘अस्‍पताल आउनुभन्दा पहिले मृत्त’ घाेषित गरे।

सिद्धार्थकाे अन्तिम पाेष्ट

सिद्धार्थ शुक्लाले केही समय पहिले ‘फ्रन्टलाइन वारियर्स’ लाई ट्रिब्यूट दिँदै इंस्टाग्राममा एउटा पोस्ट गरेका थिए, जुन उनकाे अन्तिम पाेष्ट साबित भयाे। याे पाेष्टमा उनले लेखेका थिए, ‘याे पोस्ट सारा फ्रन्टलाइन वारियर्सका लागि हाे। हृदयकाे गहिराइदेखि तपाईंहरू सबैलाई धन्यवाद। तपाईंहरू सबै आफ्नाे ज्यान खतरामा हाल्नुहुन्छ। घन्टाैंँ काम गर्नुहुन्छ र बिरामीहरूकाे ख्याल राख्नुहुन्छ, जो आफ्नाे परिवारसँग हुँदैनन्। तपाईंहरु सबैभन्दा बहादुर हुनुहुन्छ । फ्रन्टलाइनमा रहनु सजिलाे काम हैन।

हामी तपाईंहरुकाे मेहनत र कोशिशहरूकाे कदर गर्छाैँ । प्राइममा ‘मुंबई डायरिज़’ शो यिनै सेताे कपडावाला सुपर हीरोजका लागि, नर्सिङ स्टाफका लागि तथा उनीहरुका अनगिन्ति बलिदानहरूका लागि एक ट्रिब्यूट हाे। ट्रेलर २५ अगस्टमा तपाईहरुकाे सामुन्ने हुनेछ।’

यो पोस्ट सिद्धार्थले त्यसबेला गरेका थिए जतिबेला उनी आफ्नाे आगामी अमेजन प्राइम सीरीज ‘मुंबई डायरिज २६/१’ काे प्रोमोशन गरिरहेका थिए।

सिद्धार्थलाई हार्दिक श्रद्धाञ्जली।

मा प्रकाशित