गठबन्धनलाई जोगाउनु मेरो कर्तब्य हो : अध्यक्ष प्रचण्ड

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १२ भदाै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र, देशको सम्पूर्ण जनता र अन्य सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् ।

शनिबार वाईसीएल नेपालको राष्ट्रिय भेलामा अध्यक्ष प्रचण्डले धेरै मेहनतबाट पाँच दलीय गठबन्धन आर्जेको भन्दै यसलाई जोगाउनु आफ्नो कर्तब्य भएको बताएका हुन् ।

अर्को प्रसङ्गमा अध्यक्षले माधव नेपाल र आफू सोझो भएर लड्डु खान लाग्दा केपी ओलीले बेइमानी गरेको पनि बताए । एकता गरेर ओलीबाट ठूलो ज्ञान प्राप्त गरेको उल्लेख गर्दै तमासुक गर्दासमेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए ।

उनले अब संविधान, लोकतन्त्र र राष्ट्रियतामा सम्झौता नगरी रक्षा गर्नका लागि पूर्ण प्रतिबद्ध भई गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे । उनले राष्ट्रिय एकताको झण्डा उठाउदै सहकार्य गर्दै अगाडि बढ्नुपर्ने पनि बताए ।

मा प्रकाशित