कतार उड्न लागेका यात्रुकाे बदमासी, ग्यास्ट्रिकको औषधी भनेर बोकेको बट्टामा ८ सय ग्राम गाँजा

गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ ७ भदाै

कतार उड्न लागेका एक युवा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ग्राम गाँजासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको खैरेनी-१० का २९ वर्षीय बुद्धिराज पाठक छन्।

कतार एयरलाइन्समार्फत जान लागेको अवस्थामा सुरक्षा जाँचमा उनी समातिएका हुन्। उनले बोकेको झोलामा ग्यास्ट्रिकको औषधी राख्ने बट्टाभित्र उक्त गाँजा भेटिएको विमानस्थल प्रहरीले जनाएको छ।

ग्यास्ट्रिक हरण चुर्ण, सगरमाथा आयुर्वेद लेखिएको बट्टाभित्र उक्त गाँजा बरामद भएको हो। बट्टा सिल गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID