
सर्वोच्च अदाललते माओवादी छाडेका चार सांसदको पद पुर्नबहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ।
एमालेमा छिरेका पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु साह र गौरशंकर चौधरीले आफूहरु एमाले प्रवेश नगरेको दाबी गर्दै रिट निवेदनसहित सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए।
उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




