पेरुको राष्ट्रपतिमा गरिब परिवारका पेद्रो कास्टियो बिजयी

सिन्ह्वा

पेद्रो कास्टिया (Pedro Castillo) ले पेरूको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् ।

पेरुको एकदमै विपन्न क्षेत्रको गाउँमा जन्मिएका पेद्रो कास्टियो गाउँमा कृषि पेशा गर्दै शिक्षक हुँदै शिक्षक यूनियनमार्फत् राजनीतिमा प्रवेश गरेका हुन्। पच्चीस बर्ष शिक्षण पेशा गरेका पेद्रोलाई ग्रामिण क्षेत्रबाट नै निर्बाचित हुने जनमत प्राप्त भएको देखिएको छ ।

उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ ।

उनका चुनावी र्‍यालीहरूमा एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन् भन्ने खालका गरिब र पिछडिएको समाजलाई प्रतिनिधित्व गर्ने सन्देशहरू प्रवाह गरिएको थियो । त्यसैले सङ्घर्षशील पेरुवासीलाई उनले निर्बाचनमा सहयोगका लागि गरेको अपिलमा गरिब समुदायले साथ दिएको देखिएको छ ।

कास्टियोले आफूलाई सर्वसाधारण नागरिकको रूपमा प्रस्तुत गर्ने गर्छन् । कास्टियो काजामार्कामा क्षेत्रको परम्परागत सेतो ह्याटविना विरलै देखिन्छन्। उनले पेरूमा बहुसङ्ख्यक नागरिकको हित अनुकूल शासन नगरिएको दाबी गर्दै निर्बाचनमा पनि गरिबी तथा असमानतालाई सम्बोधन गर्न ‘बृहत् परिवर्तन’का लागि आह्वान गरेका छन् ।

कास्टियोका विरोधीहरूले राष्ट्रपति निर्बाचित उनलाई पेरूकोे ग्रामिण क्षेत्रको ठूलो खण्डमा लोकप्रिय कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका कट्टर वामपन्थीको रूपमा देखाउने कोसिस गरेका थिए ।

नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका हुन् । उनले प्राथमिक विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका थिए । कास्टियोले सन् २००२ देखि शिक्षणसँगै आफ्नो राजनीतिक यात्रा पनि सुरु गरेका थिए ।

सहरी क्षेत्रमा खासै नचिनिएका कास्टिया राष्ट्रपतिय निर्वाचनमा १७ उम्मेद्वारलाई दौडबाट बाहिर पार्दै निर्बाचित भएका हुन्। पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति चयन भएका कास्टियोको निकटतम प्रतिद्वन्दी भन्दा ४४ हजार बढी मत रहेको निर्वाचन आयोगले पुष्टि गरेको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि दिएको प्रतिक्रियामा उनले भने, “अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, निष्पक्ष र स्वतन्त्र पेरु बनाउने बेला आएको छ ।”

भ्रष्ट्राचारका कैयौँ विवाद र हल्लाहरूबाट आजित भएका पेरुवासीलाई आफ्नो पक्षमा ल्याउन कास्टियो सफल भएका छन् । उनलाई संयुक्त राज्य अमेरिकाको समर्थन लिएर अघि बढ्न निकै कठिन मानिएको छ । (रासस/सिन्ह्वा)

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID