प्यारालाइसिसले थला परेका केवटलाई मलेसियाबाट नेपाल फर्काइयो

गणतन्त्र नेपाल संवाददाता/काठमाडाै, १४ साउन

प्यारालाइसिस भएर मलेसियामा थलापरेका हरिश्चन्द्र केवटलाई सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाको पहलमा नेपाल फर्काइएको छ।

करिब तीन महिनाअघि प्यारालाइसिस भएर थलापरेका केबटलाई मलेसियास्थित जनउद्धार केन्द्रले सोमबार नेपाल फर्काएको हो।

एक महिनाअघि फोनमार्फत् जनउद्धार केन्द्रलाई खबर आएको भए पनि विभिन्न व्यवस्था मिलाउँदा महिना दिन बढीको समय लागेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताए। जनउद्धार केन्द्रले मलेसियास्थित नेपाली दूतावाससँग सहकार्य गरेर उनलाई नेपाल फर्काएको अध्यक्ष थापाले बताए ।

नेपाल फर्काउने क्रममा केवटलाई कम्पनीबाट ६ हजार ३ सय रिंगेट उपलब्ध गराएको समेत थापाले जानकारी दिए। केवटलाई नेपाल फर्काउँदै गर्दा कम्पनीमार्फत् यो रकम उपलब्ध गराइएको हो । त्यसैगरी नेपाल फर्किने टिकटसमेत कम्पनीबाटै दिलाइएको अध्यक्ष थापाले बताएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID