विश्वासको मतको बदलामा आफ्ना माग सम्बोधन गर्न सरकारसँग ठाकुर पक्षको आग्रह

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन 

जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

आफू पक्षीय केन्द्रीय समितिको बैठकपछि ठाकुरले विश्वासको मत दिनुअघि आफूसँग गरेको प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराएका हुन्।

आइतबार संसदमा भएको प्रधानमन्त्रीको विश्वासको मतको भोटिङमा ठाकुर पक्षले देउवालाई मतदान गरेको थियो। केन्द्रीय समिति बैठक पछि ठाकुरले विज्ञप्ति जारी गर्दै आफ्ना माग सम्बोधनमा गम्भीर हुन आग्रह गरेका हुन्।

ठाकुरले भनेका छन्, ‘जसपा नेपालले विगतदेखि उठाउँदै आएको मधेस थरुहट आन्दोलनसँग सम्बन्धित माग र मुद्दाको साथै राजनीतिक अडानहरु संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता, रेशम चौधरीलगायतका राजवन्दीहरुको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्याको समाधान, स्थानीय तहको जनसंख्याको अनुपातमा पुनसंरचना, संविधानमा शिल्पी, खसको पहिचान कायम गर्ने लगायतका समस्याको समाधान गर्ने प्रतिबद्धता सम्माननीय प्रधानमन्त्रीजीबाट व्यक्त भएको हुनाले जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिने निर्णय गरेको हो। तसर्थ उक्त माग मुद्दाहरुको सम्बोधनार्थ सम्माननीय प्रधानमन्त्रीजीलाई ध्यानाकर्षण गर्ने बैठकले निर्णय गरेको छ।’

आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण गराए पनि ठाकुर पक्ष तत्काल सरकारमा जाने तयारीमा भने छैन। जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षल भने सरकारमा सहभागी हुने तयारी गरेको छ।

ठाकुर पक्षले कोरोना महामारी नियन्त्रण गर्न र खोप व्यवस्थापनमा ध्यान दिन पनि सरकारलाई आग्रह गरेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID