करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन अर्थमन्त्री शर्माको निर्देशन

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

अर्थमन्त्री जनार्दन शर्माले करको दायरा विस्तार गर्ने कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयको आन्तरिक ब्रिफिङ्गको क्रममा मन्त्री शर्माले भने, “थोरै जनाबाट धेरै दरमा कर उठाउने हैन, धेरै जनाबाट थोरै दरमा कर उठाउने कार्ययोजना चाहियो ।”

मन्त्री शर्माले करको दायरा विस्तार गरी करको दर घटाउनतिर मेहेनत गर्नुपर्नेमा जोड दिए । “यसको लागि मेरो तर्फबाट के सहयोग गर्नुपर्छ त्यो कुरा मलाई भन्नुहोला, करदाताको संख्या विस्तार नगरेसम्म राजश्व संकलनको लक्ष पूरा गर्न सकिदैन,” उनले भने “करदातामैत्री नीति कार्यान्वयनमा ल्याउनुपर्‍यो ।”

उनले प्रशासनिक झण्झटहरु हटाएर करदातालाई सजिलो बनाइदिन समेत मन्त्रालयका अधिकारीहरुलाई निर्देशन गरे । “कर तिर्नको लागि करदाताले वाक्क लाग्दो झण्झट बेहोर्नु परेको कुरा मैले सुन्ने गरेको छु । यो अवस्थाको अन्त्य गर्नुस् ।”

कर प्रशासनलाई करदातामैत्री बनाउनु पर्नेमा जोड दिँदै मन्त्री शर्माले कर प्रशासन जनताको शासक नभई सेवक भएको धारणा राखे । विद्यमान कर प्रशासनमा सुधार गर्ने हो भने सजिलै करको दायरा विस्तार गर्न सकिने मन्त्री शर्माको भनाइ थियो ।

ब्रिफिङ्गको क्रममा मंगलवार राजश्व व्यवस्थापन महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले प्रस्तुति गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID