
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द’विप्लव’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।
माओवादी र नेपाली कांग्रेससहितको सरकार बनेको भोलिपल्ट विप्लवले प्रचण्डलाई भेटेका हुन्। यसअघि शान्ति प्रकृयामा आएपछि विप्लवले प्रचण्डको लगातार आलोचना गर्दै आएका थिए। विप्लव, प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादीबाट विद्रोह गरी अलग भएका थिए।
केपी ओली सरकारसँग सम्झौता भएपछि सार्वजनिक भएका विप्लव सहमतिअनुसार थुनामा रहेका आफ्ना नेता कार्यकर्ता रिहा नभएको भन्दै पछिल्लो समय असन्तुष्ट रहेका थिए। प्रचण्डलाई भेट्न विप्लवसहित अर्का नेता धर्मेन्द्र बास्तोला पनि पुगेका छन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




