देउवाको नेतृत्वमा सिंहदरबारमा पहिलो क्याबिनेट मिटिङ, सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २९ असार 

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्रिपरिषद्को पहिलो बैठक मंगलबार बेलुकी सिंहदरबारमा बसेको छ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसालसहित मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसेको हो।

प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गर्दै निर्वाचनअघि सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री देउवाले मंगलबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID