बादल टिमको रबैयाबाट पाठ सिक्दै पार्टीभित्र उच्चस्तरीय राजनीतिक संयन्त्र बना‍औं : माओवादी केन्द्र

गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २९ असार,

नेकपा माओवादी केन्द्र गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा नेताहरुले संयन्त्र गठनमा जोड दिएका हुन् ।

सरकारमा गएका मन्त्रीहरुलाई नेतृत्व गर्न पार्टीमा छुट्टै संयन्त्र बनाउनुपर्नेमा समेत नेताहरुले जोड दिएका छन् । पार्टीबाट सरकारमा गएका रामबहादुर थापा बादलहरु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको विगतको अनुभवबाट शिक्षा लिनुपर्ने नेताहरुले बताएका छन् ।

‘सरकार सञ्चालनका लागि गठबन्धन र पार्टीमा पनि संयन्त्र बनाउनुपर्ने सबैको जोड छ’ माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने ।

सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाउनुपर्ने र त्यो तत्काल सम्भव नभए साझा प्रतिवद्धता ल्याउनुपर्ने माओवादीको जोड छ ।

एक नेताका अनुसार स्थायी कमिटी बैठक लगतै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा प्रचण्डले यसबारे कुराकानी गर्ने बताइएको छ ।

 

मा प्रकाशित