माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, २९ असार,

सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID