नेपाल समूह गठबन्धनबाट अलग्गिने, देउवालाई विश्वासको मत पनि नदिने

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २८ असार 

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेकपा एमालेको माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट बाहिरिने भएको छ ।सर्वोच्च अदालतको फैसलापछिको अवस्थाबारे छलफल गर्न सोमवार कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले परिस्थिति बदलिएको भन्दै गठबन्धनमा नरहने जानकारी गराएका हुन् ।

‘हिजो एउटा अवस्थामा रहेको र परिस्थिति बदलिएकाले सबैलाई समेटेर सरकार सञ्चालन गर्न देउवालाई आग्रह गर्नुभयो,’ बैठकपछि माधव नेपाल पक्षीय नेता रघुजी पन्तले भने, ‘प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ परिस्थिति बनेको छ, यो अवस्थामा हाम्रो निरन्तरता नरहन सक्छ ।’

माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । ‘विश्वासको मत दिने नदिने अहिले भन्न सकिँदैन । शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ र समर्थन लिन प्रयत्न गर्नुहोला । त्यो बेला हाम्रो पार्टीले जे निर्णय गर्छ त्यही हुन्छ,’ पन्तले भनेका छन्।

बैठकमा नेता नेपालले आफूहरूको पार्टीमा सहमतिको प्रयास भइरहेकोले त्यो बुझ्न आग्रह गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID