मानसिक अस्पतालका चिकित्सक डा. अर्याल मृत भेटिए

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २७ असार 

लगनखेलस्थित मानसिक रोग अस्पतालका साइक्याट्रिक डा. सुदीप अर्याल आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन्। घरबाट अस्पताल जान्छु भनी निस्किएका डा. अर्यालले अस्पतालमा पनि आउँदिन भनी खबर गरेको प्रहरीले जानकारी दिएको छ।

दिउँसो उनी बुढानीलकण्ठस्थित एक होटलमा मृत भेटिएका थिए। उनको मृत्युको कारण खुल्न नसकेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

अर्याल केही महिनाअघि मात्र नवौँ तहमा बढुवा भएर मानसिक अस्पतालमा सरुवा भएका थिए। उनले मानसिक रोगमा एमडी गरेका थिए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID