आइतबारको दिन एकताको सन्देश सुन्न पाउनु हुनेछ : गोकर्ण विष्ट

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २६ असार 

नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र भोलि सहमतिको घोषणा हुने बताएकाे छ। सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठकपछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश प्रवाह गर्ने बताएका हुन् ।

‘हामी सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं । आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं’ । शनिवारको बैठकपछि नेता विष्टले भनेका छन्, ‘भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई भोलि सकारात्मक सन्देश दिन्छौ । सहमति भैसकेको छ । औपचारिकता दिने काम मात्र बाँकी छ ।’

उनले पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमानदारीका साथ प्रयत्न गरेको बताए । सर्बोच्च अदालतको आदेश अगावै एमाले सहमतिको घोषणा हुने विष्टको दाबी छ ।

मा प्रकाशित