विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलन गर्ने निर्णय

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २६ असार 

विपक्षी गठबन्धन सम्बद्ध पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै विगतका कार्यक्रमको समीक्षा गरेको छ । शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा बसको बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, पेट्रोलियम पदार्थ माथिको मुल्यवृद्धि, भ्रष्टाचार, शैक्षिक क्षेत्रमा व्याप्त बेथिति, कोरोना संक्रमणको नियन्त्रण तथा रोकथाममा सरकारको उदासीनता विरुद्ध आगामी आन्दोलनका थप कार्यक्रमको तय गरिएको छ ।

साथै बैठकले संविधानमा शिक्षा, रोजगारी, स्वास्थ्यको मौलिक हक पूर्ण रुपमा कार्यान्वयनका लागि विपक्षी गठबन्धनका नेताहरूबाट प्रतिबद्धता जाहेर गराउने निर्णय गरेको नेविसंघमा महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

त्यसका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट तयार गरिएको प्रतिबद्धता पत्रमा सार्बजनिक कार्यक्रम आयोजना गरी सामुहिक हस्ताक्षर गराउने निर्णय गरेको छ ।

बैठकले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध निरन्तर र थप आन्दोलन गर्ने निर्णय गरेको छ । देशभर संचालित आन्दोलन सफल बनाउन मेहनत र सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आन्दोलनमा भएको दमनको भ्रत्सना गरेको बलदेव तिमल्सिनाले बताए । बैठकमा नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङ, अखिल अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष बिमल पोखरेलले, नेविसंघ महामन्त्री बलदेव तिमल्सिनालगायतको सहभागिता थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID