चितवनकी २६ बर्षीया सुजताको शव सडेको अवस्थामा फेला, फरेन्सीकसहितको टोली अनुसन्धान गर्दै

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २१ असार 

असार ११ गतेदेखि बेपत्ता चितवनबाट हराएकी २६ बर्षीया सुजता भण्डारीको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका–३ को ब्रम्हश्थानी सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

‘जंगलमा सडेको अवस्थामा शव फेला परेको छ । सुजाताका परिवारले आफ्नो छोरी भएको बताउनु भएको छ तर अहिलेसम्म एकिन पुष्टि भने भैसकेको छैन्’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थपाले भनेका छन् – ,‘अहिले हामी घटनास्थलमै छौं शव उठाउने कार्य भइरहेको छ ।’

अहिले फरेन्सीकको टोली, तालिम प्राप्त कुकुरलगायत प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् । शव उठाउने कार्य भइरहेको छ । सुजाताको शव सामुदायिक वनको जंगलको झाडीमा भेटिएको छ । सुजाता असार ११ गते विहान ६ बजे साथीको घरमा जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

सुजाताले आफ्नी दिदीलाई फोन गरेर आफुलाई ३ जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । त्यस लगत्तै उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो ।

केन्द्रिय अनुसन्धान व्यूरो (सीबीआई) सहितको टोलीले कलडिटेल, एसएमएस, उनको सामाजिक सञ्जालहरुको अनुसन्धान गरेको थियो ।

मा प्रकाशित