अफगानिस्तानमा देह व्यापार गैरकानूनी छ । तैपनि गरिबी र खराब आर्थिक अवस्थाको कारण केही यौनकर्मीहरु गोप्य रुपमा यो कदम उठाइरहेका छन् । यही कारण हो कि देह व्यापारलाई अन्तिम विकल्पको रुपमा लिने यौनकर्मीहरुको संख्यामा आजकल बढोत्तरी भइरहेको छ । कानूनी हिसाबले यसको लागि स्पष्ट रुपमा सजायको उल्लेख गरिएको छैन तर पक्रिएको खण्डमा उनीहरुलाई जेल पठाउन सकिने व्यवस्था छ ।
महिला मन्त्रालयकी प्रवक्ताको भनाइ छ कि देशमा फैलिएको गरिबी र निरक्षरता नै देह व्यापारको मुख्य कारण हो । उनको भनाई छ कि यौनलाई लिएर मानिसहरुको मानसिकता धेरै सङ्कृर्ण छ । खासगरी कम उमेरका महिलाहरुको सोच निकै नै कमजोर छ । देह व्यापारको यो धन्धामा अक्सर उनीहरुको साथमा धोका हुने गरेको छ ।
अफगानिस्तानका केही सेवामूलक संस्थाहरुले अफगानिस्तानमा ठूलो संख्यामा बढिरहेका यौनकर्मीको संख्यालाई पुष्टि गरेका छन् । उनीहरुको अनुमान यो छ कि अफगानिस्तानको राजधानी काबुलमा सयौं यौनकर्मी काम गरिरहेका छन् । देह व्यापारको काममा लिप्त पुरुष र महिलाहरु साथीभाइको घर, कफी सप र व्युटी पार्लरहरुको सहयोगमा काम गर्ने गरेका छन् । यहाँका केही यौनकर्मीले आफ्नो नाम गोप्य राख्ने शर्तमा अंग्रेजी वेवसाइट द गार्जियनलाई आफ्ना दु:ख र पीडाहरु सुनाएका छन् ।
बुवाको निधन पश्चात जैनव (परिवर्तित नाम) को काँधमा ५ साना भाई बहिनीहरुको जिम्मेवारी थपियो । उनले स्कूल छोडिन र एक हाउसकिपरकोर रुपमा फूलटाइम काम गर्न लागिन् । एक पटक जब उनको साने भाइको स्वास्थ्य बिग्रियो । त्यतिबेला भाइको उपचारका लागि उनले कम्पनीको मालिकसँग केही एडभान्स पैसा मागिन् । तर मालिकले पैसा दिनुको साटो भन्यो – तिमी भर्जिन छौ र धेरै पैसा कमाउन योग्य पनि छौ म तिम्रो लागि एक ग्राहक ल्याइदिन सक्छु ।
जुन काम गर्न उनलाई भनिँदै थियो र त्यो कामको बारेमा जैनबलाई केही पनि थाहा थिएन । तैपनि खराब आर्थिक अवस्थाको कारण उनी मालिकसँग सहमत भइन् र उक्त कामको लागि तैयार भइन् । खराब आर्थिक अवस्थाकै कारण जैनबले खराब दलदलमा आफ्नो पाइला राख्न मञ्जुर भइन् । २० सालकी उनी अहिले हरेक साता २ देखि ३ ग्राहकलाई देहव्यापार गर्छिन् । यो कामका लागि उनले प्रत्येक सदस्यसँग २ हजार अफगानी करेन्सी लिने गरेकी छन् ।
जैनबको भनाई छ – मेरो उमेर जम्मा १३ वर्षको थियो जतिबेला मेरा पिताको निधन भएको थियो । आमा वृद्द र रोगी हुनुहुन्थ्यो । त्यसकारण मलाई नै परिवारको जिम्मेवारी उठाउनु पर्ने बाध्यता थियो । सुरूवातमा मैले एक हाउसकीपरको काम गरेँ । तर त्यहाँबाट आउने पैसाले मेरो परिवारको गर्जो टार्न धेरै नै मुश्किल हुन थालेपछि मैले यस्तो काम गर्नु पर्यो ।
जैनवका अनुसार उनीसँग यौनप्यास मेटाउन आउने ग्राहकहरु अधिकांश २५ देखि ३० वर्षका हुन्छन् । उनिहरु धेरै त विवाहित पनि हुन्छन ।
उनीहरु जैनवको मालिकमार्फत समय मिलाएर जैनवको सम्पर्कमा आउँछन् । जैनवका अनुसार कोइ १० मिनट समय लिन्छन् त कोइ २० मिनट । कोही कन्डम प्रयोग गर्छन त कोही गर्दैनन् । जैनबको मालिकले जैनवलाई गर्भवती हुनबाट रोक्न नियमित रुपमा इन्जेक्सन दिने गर्छन् । तर जैनबलाई डर छ कि कहीँ डरलाग्दो बिमारीको चपेटामा न परुँ ।
जैनब जस्तै केही पुरुष यौनकर्मीले पनि काबूलमा देहव्यापारको काम गरिरहेका छन् । २८ वर्षका जाविद (परिवर्तित नाम) का ३ छोराछोरी र श्रीमती छन् । उनी काबूलमा यौनकर्मीको रुपमा काम गर्छन् । तर उनको पेशाको बारेमा उनको परिवारलाई केही पनि थाहा छैन ।
जाविद भन्छन्- केही मानिसहरु पुरुषसँग सुत्न चाहेको मैले महसुस गरेँ । मैले यसमा चासो देखाएँ र केही मानिसहरुको घर जान सुरु गरेँ । अब मसँग केही ग्राहक छन् जो मलाई यो काम बापत पैसा दिन्छन् । बडा मुश्कीलले मैले बच्चाहरुलाई पढाउने र हुर्काउने काम गरिरहेको छु ।
जैनब र जाविदको भनाइ छ कि उनीहरुलाई यो दलदलबाट बाहिर निस्कने कुनै बाटो नजर आइरहेको छैन । उनीहरुलाई थाहा छ कि उनीहरु दोहोरो जीवन बाँचिरहेका छन् । र उत्तिकै खतरनाक पनि । तर पनि उनीहरु यो दलदलबाट निस्किन सकिरहेका छैनन् । जैनव भन्छिन् – मलाई लाग्छ मैले मेरा भाइ बहिनीहरुका लागि आफूलाइ बलिदान गरिरहेकी छु ।
अनुवाद: आस्था केसी
twitter : (@alive_aastha)