कोरोना खोप भेरोसेल खरीदका लागि सम्झौता, असार २४ देखि आपूर्ति

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १८ असार 

सरकारले कोरोना खोप भेरोसेल खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरीदको सम्झौता भएको जानकारी दिएका हुन् । २४ असारबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने पनि उनले जानकारी दिएका छन् । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको हो भन्ने चाहिँ खुलाइएको छैन ।

अधिकारीहरूका अनुसार ४० लाख डोज खरिदका लागि सम्झौता भएको छ । ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट (एनडीए) अनुसार खोप खरीद गरिएको भएकाले थप कुराहरु भन्न मिल्दैन’ मन्त्रालयका एक उच्च अधिकारीले गणतन्त्र नेपालसँग भने ।

उनका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो । नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको अधिकारीहरूले बताएका छन् ।

मा प्रकाशित