नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको बैठकलाई पुरानै प्रोडक्टको संज्ञा दिएकी छिन् । बुधबारको बैठकमा केही स्थायी कमिटी सदस्यहरु थप्दै ओली समूहले केही दिनमा नै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले आफूहरुले राम्रो काम गरेको दाबी गरेका थिए । तर, यो बैठकलाई सामाजिक सन्जाल फेसबुकमा पुरानै प्रोडक्टमा नयाँ र्यापर मात्र लगाएको झाँक्रीले दाबी गरेकी छिन् ।
‘कस्टमर झुक्किनु पर्ने नै छैन,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘भ्रममा नपरौँ । आजको ओली गुटको बैठक निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो ।’
मा प्रकाशित