मुम्बई । बलिउडका दिग्गज कलाकार नसीरुद्दीन शाह मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । सत्तरी वर्षीय कलाकार शाहलाई मंगलबार अस्पताल लगिएको उनका म्यानेजरले जानकारी दिएका छन् ।
“सरलाई जुन २९ मा अस्पताल भर्ना गराइएको हो तर अहिले उहाँलाई राम्रो छ । उहाँको फोक्सोमा निमोनिया देखिएको छ र उपचार भइरहेको छ,” उनले भने ।
अभिनेता शाह पछिल्लोपटक विवेक अग्नीहोत्रीको ‘द ताश्कन्द फाईलस्’, सीमा पाहवाको ‘रामप्रसाद कि तेहरवी’, र जी ५ को ‘मी रक्सम’ मा देखिएका थिए । यस्तै उनको अमेजन प्राइम भिडियोको ‘बन्दिस ब्यान्डिट्स’ मा समीक्षक र दर्शक सबैले खुलेर उनको अभिनयको तारिफ गरेका थिए ।
शाहलाई भारतीय सरकारले भारतीय चलचित्रमा योगदानका लागि पद्मश्री र पद्मभूषणबाट तीनपटकसम्म सम्मान गरिसकेको छ ।
मा प्रकाशित