अन्तत: जेठ २ मा फर्किने भयो एमाले, केन्द्रीय कमिटी बैठक बिहीबार

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १५ असार 

काठमाडौं । नेकपा एमालेले अन्तत: पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । आज बसेको स्थायी समिति बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन् ।

माधव नेपाल पक्षको मागअनुसार नै एमालेले हालको महाधिवेशन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने  निर्णय लिएको हो । यद्यपि, भोलिका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक भने नरोकिने बताइएको छ ।

१८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई पनि आमन्त्रण गरिने छ ।

मा प्रकाशित