काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको आरोप लगाएका छन् । सोमबार विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा कायम राख्न नसकेको बताएका हुन् ।
‘संविधानको धारा ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । त्यो आधार हामीले प्रस्तुत गरेपनि प्रधानमन्त्रीमा नियुक्त नगरेर उल्टै प्रतिनिधि सभा विघटन गरियो । यसले राष्ट्रपतिको गरिमा रहेन’ देउवाको भनाइ छ ।
मा प्रकाशित