नेता नेपालकाे आह्वान: कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गराैँ

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कम्युनिष्ट एकता र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानको थालनीका लागि नेकपा एमालेका नेता माधवकुमार नेपालले अपील गरेका छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीको सन्दर्भमा सोमबार वक्तव्य जारी गरेर नेता नेपालले नेकपा एमालेसहित सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको एकताका लागि आह्वान गरेका हुन् । उनले त्यसका लागि सांगठनिक बेथिति र अन्यायको अन्त्य गरिनु पर्ने उल्लेख गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो ।’

शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नभएको उनले उल्लेख गरेका छन् ।

 

मा प्रकाशित