अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वस्थ राख्ने घरेलु उपायहरू

गणतन्त्र नेपाल संवाददाता

शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ । फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ । यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्पूर्ण छ । यदि फोक्सोले राम्रो कार्य गरेन् भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षययरोग, क्यान्सरजस्ता घातक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ।

अर्कोतर्फ, कोरोनाभाइरस महामारीबाट बच्नको लागि फोक्सोलाई स्वस्थ राख्न स्वास्थ्य विशेषज्ञहरुले सल्लाह दिन्छन्। किनभने, कोरोना भाइरसले सिधै फोक्सोमा प्रहार गर्दछ, फलस्वरूप अक्सिजनको स्तर कम हुन्छ र सास फेर्न गाहो हुन्छ।

कोरोनाभाइरसको दोस्रो लहर चलेपछि अधिकांश बिरामीहरुलाई सास फेर्न गाहो भइरहेको छ। शरीरमा अक्सिजनको स्तर द्रुत रूपमा कम भइरहेको छ। संक्रमण भएको केही दिनमै अक्सिजनको स्तर ८० भन्दा कम भएको उदाहरण सार्वजनिक भइरहेको छ।

यस्तो अवस्थामाअक्सिजन तुरून्त आवश्यक हुन्छ। यदि यस अवस्थामा समयमै अक्सिजन उपलब्ध भएन भने अवस्था गम्भीर हुनसक्छ। यस्तो अवस्थामा पहिले देखिनै फोक्सोको ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ ।

बेसार

बेसारमा एन्टी-अक्सिडेण्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छ जसले सबै प्रकारका संक्रमणहरूबाट बचाउँछ । दैनिक सुरू हुनु अघि दुधमा बेसार मिलाएर पिउँदा निकै लाभदायक हुन्छ। यसैगरी, बेसार, गुर्जो, दालचिनी, ल्वाङ, अदुवा र तुलसीको पात मिलाएर काडापानी बनाउन सकिन्छ। यसले फोक्सोलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि मजबूत गर्दछ।

मह –

आयुर्वेदमा महको थुप्रै वर्णन गरिएको पाइ्छ। यसमा एन्टि-व्याक्टेरियल गुणहरू हुन्छन, जसले शरीरबाट विषाक्त तत्वहरु निकाल्न मद्दत गर्दछ र फोक्सोलाई पनि स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्दछ। महलाई बिहान मनतातो पानीमा कागतीको रस मिलाई पिउन सकिन्छ। यस बाहेक, महलाई काडा पानीमा पनि मिलाउन सकिन्छ।

तुलसी –

तुलसी पातमा अधिक मात्रामा पोटासियम, आइरन, क्लोरोफिल मैग्रीशियम, क्यारोटीन र भिटामिन सी पाइन्छ। जसले फोक्सोलाई स्वस्थ राख़ मद्दत गर्दछ। दैनिकरुपमा ४ देखि ५ वटा तुलसीको पात चपाउँदा निके प्रभावकारी हुन्छ। यस बाहेक, तुलसी र गुर्जोको काडा पानी पनि बनाउन सकिन्छ।

लसुन –

लसुनमा एन्टिबायोटिक, एन्टिफङ्गल, एन्टिवाइरल गुणहरूको साथसाथ क्याल्सियम, फास्फोरस, आइरन, भिटामिनजस्ता गुणकारी तत्वहरूले समृद्ध हुन्छ ।  जसले फोक्सोलाई बलियो राख़्न मद्दत गर्दछ । प्रत्येक बिहान खाली पेटमा २ देखि ३ वटा पोटी लसुन खाएमा ग्यास्ट्रिकलाई पनि ठीक गर्दछ। यदि लसुन त्यतिकै खाँदा पिरो हुन्छ भने यसलाई राति पानीमा भिजाएर बिहान सेवन गर्न सकिन्छ।

मा प्रकाशित