संवैधानिक आयोगका असंवैधानिक नियुक्ति अस्वीकार गर – युवा अभियन्ता

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १० असार । युवा अभियन्ताहरुले विभिन्न संवैधानिक आयोगहरुमा भएको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै पद अस्वीकार गर्न आह्वान गरेका छन् । सरकारले आज विभिन्न आयोगहरुमा पदपुर्ति गर्नका लागि २० जनाको नाम सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई आज विभिन्न आयोगहरुमा नियुक्त गरेकी हुन् ।

युवा अभियन्ताले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक एवम् प्रतिगमन उन्मुख कदमहरु एकपछि अर्को बढिरहेको तथा सम्माननीय अदालतले त्यस्ता कदमहरुको वैधानिकतालाई निरन्तर असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट रोकिइरहेको अवस्थामा आज सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा विभिन्न संवैधानिक आयोगमा गर्नु भएको नियुक्तिको हामी घोर भत्सर्ना गर्दछौ।

प्रधानमन्त्री ओली संसदभित्र अल्पमतमा परेको बेलामा एकपछि अर्को प्रतिगमन उन्मूख र विधि, विधान विपरितका हरेक निर्णयहरु अदालतले उल्टाएको अवस्थामा आज नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिमा पनि वैधानिक बाटो अबलम्वन गरिएको देखिएको छैन। संवैधानिक निकायजस्तो राज्यको महत्वपूर्ण निकायमा हुने नियुक्तिको आम स्वीकार्यता हुन अत्यन्तै आवश्यक छ । वर्तमान राजनीतिक संक्रमणको अन्त्य गर्न तथा संविधान मिचेर गरिएका सबै खाले अवैधानिक कदमको मतियार नहुनका लागि सबै नियुक्ति पाउने व्यक्तित्वहरुले ती पदहरु नैतिकताको आधारमा अस्वीकार गर्दै नियुक्ति नलिइदिनु हुन हामी अपिल गर्दछौ।’

सरकारी सिफारिस असंवैधानिक भएको भन्दै अस्वीकार गर्न आह्वान गर्ने युवाहरु:

बिश्वदीप लामिछाने

च्यवन घिमिरे

धिरज कोइराला

देवेन्द्र बर्मा

शिव चालिसे

एलिजा ढकाल

ज्योती बोगटी थापा

रमिता अधिकारी

तुल्सीराम भुसाल

सरोजश्री अधिकारी

बुद्धराज रिसाल

हेमन्त बन

तारा गौतम

रमिला महत

राजन कटुवाल (के.सी)

राविश शर्मा

सुवास अर्याल

छिरिङ धुन्डुप शेर्पा

राजेस लुइटेल

शिबु श्रेष्ठ

गोबिन्द बानियाँ

बिश्वास द्विबेदी

आत्मराम अतकुल्य

सुरेस अधिकारी

अंशु शर्मा

सरोज बस्नेत

बिपि कोइराला

लक्ष्मण सापकोटा

प्रकाश भण्डारी

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID