पाँच विद्यार्थी संगठनले बिहीबार काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गर्ने

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, ९ असार ।  विपक्षी गठबन्धनका दल निकट पाँच विद्यार्थी संगठनहरुले काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने भएका छन्।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट नेवि संघ,  नेकपा एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकारका ‘असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी हर्कत’का विरुद्ध प्रदर्शन गर्न लागिएको पाँच विद्यार्थी संगठनका नेताहरुले जानकारी दिएका छन्।

नेताहरुले कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड (सामाजिक दुरी) पालना गरी विरोध प्रदर्शन गरिने बताएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID