काठमाडाैं । अमिल फ्रोसबर्गको एक मात्र गोलको मद्दतले स्वीडेनले स्लोभाकियालाई पराजित गर्दै युरो २०२० मा पहिलो जीत हासिल गरेको छ । ७७ औँ मिनेटमा फ्रोसबर्गले गरेको गोल यूरोमा स्वीडेनले ३६५ मिनेटपछि गरेकाे पहिलो गोल हो ।
पछिल्लो पटक स्वीडेनले सन् २०१६ को यूरोमा समूह चरणको पहिलो खेलमा आयरल्याण्ड बिरुद्ध गोल गरेको थियो । त्यसयता स्वीडेनले गोल गर्न सकेको थिएन । युरो २०२० को पहिलो खेलमा पनि स्वीडेन स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
जीतसँगै समूह ई स्वीडेनले ४ अंक बटुलेको छ । पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकियाको ३ अंक रहेको छ । स्पेनको एक अंक रहेको छ भने पोल्याण्ड अंकविहीन छ ।
मा प्रकाशित