वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताललाई कोभिड–१९ राहत सहयोग समिति स्कटल्यान्डले पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग प्रदान गरेको छ।
गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो। जर्मनीमा निर्मित १० लिटर क्षमता भएको कन्सन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वीरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो।
स्कटल्यान्डका नेपाली संघसंस्था तथा व्यक्तिले गरेको सहयोगप्रति अस्पताल निकै आभारी भएको डा. प्रधानले बताए।
सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा निकै ठूलो मद्दत पुग्ने पनि उनले बताए।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']




